गृहमन्त्री थापाले स्वकीय सचिव तामाङलाई पदबाट किन हटाए ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १७ फागुन ।

प्रचण्ड-नेपाल समुहको (नेकपा)लाई सहयोग गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वकीय सचिव बिरु तामाङलाई पदबाट हटाउनु भएको छ । गृहमन्त्रालय स्रोतका अनुसार मन्त्री थापाले तामाङलालई माघ ३० गतेदेखि नै लागु हुनेगरी पदबाट हटाउनु भएको हो ।

तामाङलाई गृहमन्त्रालयले संवेदनशील सुचनाहरु प्रचण्ड-नेपाल समुहमा पुर्याएको आरोप लगाएको छ । त्यस्तैगरी ओलीसमुहतिर रहेर तामाङले युवा संगठनमा भाँडभैलो गरेको गृहमन्त्री थापा निकट स्रातले बताएको छ । उहाँ गृहमन्त्री थापाको पदबहालीसँगै स्वकीय सचिवमा नियुक्त हुनु भएको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले दुई समुहमा विभाजित छ ।

पोखरा जाँदै प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा जाँदैछन् । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन, पोखरा रङ्गशालाको निरीक्षण र भवन शिलान्यास ओली आज पोखरा जान लागेका हुन् ।

उनले प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालगायत कार्यक्रमलाई सम्बोधन गर्नेछन् भने गण्डकी प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको शिलान्यास गर्ने कार्यक्रम पनि छ ।

यस्तै प्रधानमन्त्री ओलीले पोखरा रङ्गशालाको निरीक्षण गर्नेछन् । यसअघि आइतबार झापा पुगेका ओलीले त्यहाँ औद्योगिक पार्क र विभिन्न पुल उद्घाटन तथा शिलान्यासका कार्यक्रम गरेका थिए ।