वैद्य, डाक्टर हुँदै प्रचण्ड अहिले झाँक्रीसँग हुनुहुन्छ : ओली

रामेछाप खबर संवाददाता

काठमाडौं, ८ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको माया लागेर आउने बताएका छन्। विराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘प्रचण्ड देख्दा मलाई माया लाग्छ। उहाँले पहिलो वैद्य लिनुभएको थियो। त्यसपछि डाक्टर लिनुभयो। अहिले झाँक्री लिनुभएको छ। तर, त्यसले उहाँलाई बचाउन सक्दैन।’

प्रचण्ड अब मूलधारमा नफर्किएर सक्किनुको विकल्प नभएको बताए। उनले प्रचण्ड–माधव पक्षलाई सभा कस्तो हुन्छ हेर्न विराटनगरमा हेर्न आउन आग्रह समेत गरेका छन्।

‘उहाँहरुले अस्ति अलिकति मान्छे थुपार्नुभएछ, मलाई सभा हेर्न आउनु भन्नुहुन्थ्यो’ उनले भने, ‘यहाँ हेर्नुहोस्। यहाँ मान्छे अट्दैन भनेर जनताहरु टिभीमा हेरि राख्नुभएको छ।’

केही मान्छेहरु पार्टी फुटाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन लागिरहेको बताए। उनले केही व्यक्तिहरुले पार्टी छाडेपछि सरकार र पार्टीको कामले गति लिएको बताए। सरकारले आफ्नो काम गर्न थालेपछि आत्तिएर नेपाल बन्द गरेका समेत ओलीको तर्क थियाे।