किन हुन्छ मृगौलाको पत्थरी ?

रामेछाप खबर संवाददाता


मृगौलाले हाम्रो शरीरमा रगत शुद्धीकरण गर्छ । तर, हाम्रा केही गल्ती र लापरबाहीका कारणले मृगौलामा समस्या उत्पन्न हुन सक्छ । मृगौलाको जोडी पिठ्यूँको मध्यभागमा करङको ठीक मुनि हुन्छ ।

यिनीहरुको आकार हाम्रो मुठी बराबर हुन्छ र यो हेर्दा राजमा जस्तो देखिन्छ ।मूत्राशयको पत्थरी मूत्राशयमा मिनरल्स क्रिस्टलीकरण हुने कारणले बन्छ । साथै पिसाबमा पानीको मात्रा कमी हुँदा पनि यस्तो समस्या देखिन्छ । आवश्यकताभन्दा बढी मिनरल्सले पनि यस्तो समस्या निम्त्याउँछ ।मृगौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका अलावा अन्य मिनरल्सका अवशेष राम्रा कणहरुको रुपमा निस्किएर युरेटरको माध्यमबाट ब्लाडरसम्म पुग्छ, जुन पिसाबसँगै शरीरबाट बाहिर निस्किन्छ । तर कहिलेकाहीँ रगतमा यी तत्वहरुको मात्रा बढेर गयो भने यो किड्नीमा जम्मा भएर बालुवाको कण वा ढुंगाको टुक्राजस्तो आकार ग्रहण गर्छ र यसबाट ब्ल्याडरसम्म पिसाब पुग्ने बाटोमा रोकावट उत्पन्न हुन्छ ।

किड्नीमा कुनै समस्या उत्पन्न भयो भने त्यसको लक्षण प्रस्टरुपले व्यक्तिको शरीरमा देखिन्छ । व्यक्तिले कहिले अन्जानमा त कहिले लापरबाहीवश यसलाई नजरअन्दाज ग¥यो भने समस्याले ठूलो रुप लिन्छ । पेटमा तीव्र दुखाइ, बारम्बार ट्वाइलेट जानु, पिसाब गर्ने बेला दुखाइ, पिसाबबाट रगत आउनु, कम्पनका साथ ज्वरो, भोक नलाग्नु, छटपटी हुनु आदि किड्नी खराब भएका मुख्य लक्षण हुन् ।

कहिलेकाहीँ किड्नीमा पत्थरीको समस्या सामान्य अवस्थामा औषधिले पनि ठीक हुन्छ । तर कहिलेकाहीँ किड्नीमा क्याल्सियमको मात्रा अत्यधिक हुन्छ, जसले गर्दा स्टोन कडा हुन्छ र त्यसलाई निकाल्न सर्जरीको आवश्यकता पर्छ । यद्यपि आजकाल सर्जरीको अलावा ल्याप्रोस्कोपी, युरेट्रोस्कोपीजस्ता कैयौं प्रकारका नयाँ प्रविधि विकसित भएका छन्, जसको मद्दतले सजिलै स्टोनलाई निकाल्न सकिन्छ र बिरामीलाई खासै अप्ठेरो हुँदैन ।

– कमल साह, रौतहट ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।