उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् !

रामेछाप खबर संवाददाता


गायिका इन्दिरा जोशीले केही समय अगाडि आफू प्रेममा नरहेको र बिहेको बिषयमा नसोचेको बताएकी थिइन् । केही महिना अगाडि इन्दिराले प्रेममा नरहेको बताएपनि उनी २ बर्षदेखि प्रेममा रहेको खुलेको छ ।

इन्दिरा आफैले सामाजिक संजालमा स्टाटस लेख्दै २ बर्षदेखि आफू प्रेममा रहेको खुलाएकी छिन् । इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।’

इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका छन् । इन्दिराले प्रेमीको तस्वीर भने सार्वजनिक गरेकी छैनन् ।

मिस वर्ल्ड घोषणाको दिन जलेकी थिइन् प्रियंकाः भन्छिन्, ‘कसैले मलाई धक्का दिएको थियो’

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सन् २००० मा मिस वल्र्डको ताज जितेपछि इतिहास रचिन् । तर, उक्त ताज पहिरिने दिन उनको दुर्घटना भएको थियो । स्टेजमा जानुभन्दा पहिले एक दुर्घटना भएको बताइन् । उनको उक्त दुर्घटनामा लागेको अनुहारको चोट छोप्न उनले ताज लिन जाँदा अनुहारमा कपाल झारेकी छन् ।

उनले आफ्नो अटोबायोग्राफीमा उक्त दिनको बारेमा खुलाउँदै लेखेकी छिन्, ‘जब मैले मिस वल्र्डको ताज जितेकी थिँए । तब सबैले मेरो अनुहारमा झुन्डिएको कपाल देखेका होलान् । तर, मैले त्यो बेला उक्त कपाललाई निकै सुन्दर अन्दाजमा प्रस्तुत गरेकी थिएँ ।’

प्रियंका चोपडाले उक्त समयमा कपाललाई कर्ल गरिरहेको र ब्याक स्टेजमा ९० जना जति युवतीहरु भएको बताउँदै भनिन्, ‘म कपाल कर्ल गर्दै थिए । तर पछाडिबाट कसैले मलाई धक्का दियो । र मेरो अनुहारका केही भाग झल्यो । मैले त्यही चोट लुकाउन उक्त कपाल अनुहार अगाडि झारेर गएकी थिएँ ।’