यी हुन् विश्वका सबैभन्दा मुल्यवान ५ एशियाली खेलाडीहरु !

रामेछाप खबर संवाददाता

काठमाडौँ ,६ फागुन ।

एशियाली देशहरु फुटबलमा खासै सफल हुन सकेका छैनन् तर एशियाली देशहरुबाट अब्बल दर्जाका खेलाडीहरु भने उत्पादन भइरहेका छन् जुन खेलाडीहरुले आफुलाई विश्वभरि चिनाइसकेका छन् ।

एशियाली फुटबलरहरुले विश्वका विभिन्न शिर्ष लिगहरुमा आफुलाई स्थापित गरिसकेका छन् । कतिपय एशियाली खेलाडीहरुलाई अनुबन्ध गर्नका लागि विश्वका शिर्ष क्लबहरु हानथाप गरिरहेका हुन्छन् ।

विश्वका सबैभन्दा मुल्यवान एशियाली फुटबल खेलाडीहरु ।

१. सन हेउङ मीन

सन हेउङ मीन एशियाबाट सबैभन्दा मूल्यवान खेलाडी मात्र होइन, उत्कृष्ट पनि हुन् । उनले पर्याप्त उपाधिहरु जितेका छैनन् तर उनको बारेमा तथ्यांकहरु हेर्दा उनी प्रिमीयर लिगमा उत्कृष्ट खेलाडीमध्ये एक हुन् ।

उनले २०१५ मा बायर लिभरकुसननबाट टोटेनह्याम आएदेखि क्लबका लागि २६३ खेलमा १०२ गोल र ५९ एसिस्ट प्रदान गरेका छन् । दक्षिण कोरियाली खेलाडी सन एशियाली देशबाट खेल्ने सबैभन्दा मुल्यवान खेलाडी हुन् । उनको वर्तमान मुल्य ८१ मिलियन पाउण्ड बराबर रहेको छ ।

२. टेकहिरो तोमियसु

यस सूचीका एकमात्र डिफेन्डर, टेकहिरो तोमियासु अहिले बोलोग्नाबाट खेल्दै आएका छन् । उनी २०१९–२० को सिजनबाट बोलोग्नामा रहेका छन् ।

स्थानीय जापानी लीगमा खेल्दै आएका उनी बेल्जियम क्लब ट्रइडेनमा अनुबन्ध भएका थिए । त्यहाँको प्रभावशाली सिजनपछि तोमियाशु सेरी ए आइपुगे, जहाँ उनले आफ्नो छाप छोड्दै छन्। टेकहीरो तोमोयासुले यस सिजनमा ३ गोल गरिसकेका छन् भने उनको वर्तमान मुल्य १६.२ मिलयन पाउण्ड रहेको छ ।

३. टेकफुसा कुबो

अर्का प्रभावशालि जापनीज युवा खेलाडी हुन् टेकफुसा कुबो,रियल मड्रिड एकेडेमिका युवा खेलाडी कुबो अहिले गेटाफेमा रहेका छन् । भिलारियलसँग आधा सिजन बिताएपछि उनी गेटाफे आएका हुन् ।

गत वर्ष मल्लोर्कासँग आशाजनक सिजनको बावजुद कुबो जिनेदिन जिदानको टिममा पर्न सकेनन् र उनी फेरी लोनमा बाहिर पठाइएका थिए । युवा अवस्थामा नै सबैको ध्यान खिच्न सफल कुबोको गति तारिफयोग्य रहेको छ भने उनले आफ्नो खेलमा निरन्तर सुधार गर्दै आएका छन् । उनको वर्तमान मुल्य १८ मिलियन पाउण्ड बराबर रहेको छ ।

४.सरदार आजमौन

सरदार आजमौनले युरोपको शीर्ष पाँच लिग मध्ये कुनै पनि खेलेका छैनन् । किनकि इरानी खेलाडी आजमौनले लामो समयदेखि एलिट स्तरमा सफल हुने सम्भाव्यता देखाएको छ।

२०१८ को विश्वकप खेलेका उनलाई इरानी मेस्सीको रुपमा तुलना गर्ने गरिन्छ । उनले २ सिजनमा जेनिट सेन्ट पिटर्सबर्गको साथमा ७३ खेलमा ४४ गोल गरेका छन् । लिभरपूल, एभर्टन, बोरुसिया डार्टमन्ड, बायर लेभरकुसेन र भ्यालेन्सियाबाट उनलाई अनुबन्ध गर्नका लागि लामो समयदेखि चासो देखाउँदै आएका छन् र उनको लागि युरोपको शिर्ष लिग खेल्ने यो सुनौलो मौका पनि हो । यस समय आजमौनको मुल्य २०.७ मिलियन पाउण्ड रहेृको छ ।

५.दाइची कामदा

इन्ट्राक्ट फ्रान्कफर्टबाट खेल्दै आएका जापानी मिडफिल्डर युरोपा लिगमा उत्कृष्ट लयमा रहेका छन् । उनी मिडफिल्डर हुन् तर आवश्यक परेको खण्डमा जुनसुकै पोजिसनबाट खेल्नमा उनी माहिर छन् । वर्तमान समयमा उनको मुल्य १४.४ मिलियन पाउण्ड बराबर रहेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।