यस कारण खटिए प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली

रामेछाप खबर संवाददाता

काठमाडौँ ,६ फागुन ।

नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिएको छ। सरकारले सुरक्षाकर्मीको संख्या कटौती गरेसँगै प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका कमाण्डरको टोली खटिएको हो ।

सरकारका तर्फबाट हाल प्रचण्डको सुरक्षामा दुई जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोली मात्रै रहेका छन् ।

प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका बटालियन कमाण्डर प्रकाश पाण्डे ‘परलोक’ को टोली खटिएको छ । शान्ति प्रक्रियामा आएदेखि नै ‘परलोक’ प्रचण्डको सुरक्षा टोलीमा थिए ।

अवहेलना मुद्दामा प्रम ओलीको लिखित जवाफ : मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरे भन्नु दूराग्रहपूर्ण

काठमाडौं : अदालतको अवलेहना मुद्दामा बिहीबार लिखित जवाफ दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको बताए । आफैं अदालतमा उपस्थित भएर बुझाएको ११ बुँदे लिखित जवाफमा प्रधानमन्त्री ओलीले आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनेर कल्पना गर्नु नै दुराग्रहपूर्ण भएको बताएका छन् ।

‘मेरो सम्मानित अदालतप्रति उच्च सम्मान रहेको छ। न्यायपालिकाको स्वतन्त्रता र कानूनको शासन लोकतन्त्रका प्रमुख आधारस्तम्भ हुन्। हाम्रो संवैधानिक प्रणाली शक्ति पृथकीकरण एवं नियन्त्रण तथा सन्तुलनको सिद्धान्तमा आधारित छ’, उलने लिखित जवाफमा भनेका छन्, ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरे भनी कल्पना गर्नु समेत दूराग्रहपूर्ण छ।’

मौलिक हकमा अतिक्रमण हुने गरी अभिव्यक्ति दिएको भन्ने रिट निवेदकको दाबीको कुनै आधार नभएको प्रधानमन्त्री ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको र अदालतको अवहेलना कहिल्यै नगरेको बताएका छन् । उनले अवहेलनाको निवेदन खारेज गर्न माग गरेका छन् ।

अदालतबाट भएका फैसलाको आफू र आफ्नो नेतृत्वको सरकारले सदैव पालना गरेको उनले बताएका छन्। ‘अदालतबाट भएका फैसला तथा आदेशको म तथा मैले नेतृत्व गरेको सरकारबाट सदैव सम्मान र कार्यान्वयन भइरहेको छ। सर्वोच्च अदालतले गरेका संविधान र कानूनको व्याख्या पूर्णतः पालना र कार्यान्वयन भएका छन्’, प्रम ओलीले उल्लेख गरेका छन्, ‘सम्मानित अदालतबाट न्याय सम्पादनको क्रममा हुने काम कारवाहीमा कुनै अबरोध गरिएको छैन। कुनै फैसला वा आदेशको अवज्ञा गरिएको भन्ने दाबी निवेदकले लिन सकेको अवस्था छैन।’

प्रधानमन्त्री ओलीले आफूले नेकपाको कार्यकर्ता भेलामा सम्मानित सर्वोच्च अदालतमा मैले पेश परेको लिखित जवाफ सम्बन्धमा आफ्नो केही भनाइ राखेको र त्यसमा बोलिएका केही शव्द तथा वाक्य उल्लेख गरी पूरा शब्द तथा वाक्यलाई नहेरी गलत ब्याख्या गरिएको बताए। मुद्दा चलाउन पाइन्छ कि भनी मनपरी ढंगले बीच-बीचबाट शब्द निकाली फूलबुट्टा भरी प्रस्तुत निवेदन गरेको उनले आरोप लगाए।

अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफैं लिखित जवाफ पेश गर्न गत माघ १५ गते आदेश जारी गरेको थियो।
‘सर्वोच्च अदालतको मान, सम्मान र मर्यादाका लागि’ आफैँ उपस्थित भएर उनले लिखित जवाफ पेश गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्रीले लिखित जवाफ मात्र दिए पनि हुनेमा अदालतको सम्मान गर्दै आफैँ आएर पेश गर्नुभएको उनले बताए।

न्यायाधीश डा मनोज शर्माको एकल इजलासले जारी गरेको आदेशमा ‘म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला’, भनिएको थियो।

वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालत, संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर प्रधानमन्त्रीले न्याय सम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दायर गरेका थिए। सोही प्रकृतिको आदेशानुसार चार पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पनि लिखित जवाफ पेश गरिसकेका छन्।