काठमाडौँ ,६ फागुन ।
अहिले सम्मकै सुन्दर मिस नेपाल मध्येकी सुन्दरी उषा खड्गी उमेर चढ्दै जाँदा समेत उनको सुन्दरतामा कमी छैन् । पूर्व मिस नेपाल उषा खड्गी पछिल्लो समय फेशन व्यवसायमा छिन् । केही समयअगाडी मात्र उनको १७ वर्षे वैवाहिक सम्बन्ध टुटेको छ ।
अहिले सम्मकै सुन्दर मिस नेपाल मध्येकी सुन्दरी उषा खड्गी उमेर चढ्दै जाँदा समेत उनको सुन्दरतामा कमी आएको छैन । फिक्का पहेलो रंगको छोटो वान पिस लगाएको निकै आकर्षक तस्वीर इन्स्टाग्राममा सार्वजनिक
सामाजिक सञ्जालमा सक्रिय उनले फिक्का पहेलो रंगको छोटो वान पिस लगाएको निकै आकर्षक तस्वीर इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । उक्त तस्वीरमा उनको हातमा भएको टाटु स्पष्टसँग देख्न सकिन्छ ।
उषा खड्कीको बारेमा थप जानकारी
उषा खड्गी सातौँ मिस नेपाल हुन्। सन् २००० मा आयोजना भएको मिस नेपाल नामक प्रतियोगिता जितेकी थिइन्। उषा सन् १९९९ मा मिस पोखराको पहिलो उप विजेता थिइन् र पछि उनले सन् २००० मा मिस बीरगञ्ज भाग लिँदै पहिलो उप विजेता भएकी थिइन्।
उनको विवाह नेपाल टेलिभिजनको पूर्व कार्यक्रम प्रस्तोता जिपि तिमिल्सिनासँग भएको थियो भने उनीबाट मान-सिक यात-ना दिएको भन्दै उनले सम्बन्ध बिच्छेद गरेकी थिइन्।
वीरगञ्ज निवासी उत्तमबहादुर खड्गी र उर्मिला खड्गीकी सुपुत्री उषाले सन् १९९९मा पोखरा सुन्दरी प्रतियोगितामा भाग लिई प्रथम उप-विजेताको उपाधी हासिल गरेकी थिइन्।
तीन दिदी-बहिनी र एक भाइहरूमध्ये जेठी उषाले प्रवेशिका परीक्षा वीरगञ्ज कन्या माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी थिइन्। हरिखेतान महिला बहुमुखी क्याम्पस, वीरगञ्जबाट आई.ए. उत्तीर्ण भएकी उषा मिस नेपाल हुँदा सोही क्याम्पसमा बी.ए. (प्रथम वर्ष)मा अध्ययनरत थिइन्।
१९ वर्ष अगाडि एनटिभी प्लस कार्यक्रममा उषा र जिपीको भेट भएको थियो । उक्त कार्यक्रममा सहकार्य गर्दा उनीहरु प्रेममा परेका थिए । भ्यालेन्टाइन डेकै दिनमा जिपीले उषालाई औपचारिक प्रेम प्रस्ताव राखेका थिए ।
सन् २००० मा उषा मिस नेपाल बनेकी थिइन् । २००३ मा उनीहरुले विवाह गरे । उनीहरुका एक छोरी र एक छोरा छन् । छोरी १६ वर्षकी छन् भने छोरा ६ वर्षका । कलाकारिता क्षेत्रमै क्रियाशील छन् दुवै जोडी । जिपीको आफ्नो प्रोडक्सन हाउस छ भने फेसन डिजाइनिङमा स्नातक गरेकी उषाले बुटिक चलाइरहेकी छन् ।
उषाले थुप्रै विज्ञापन र म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन् । उनीहरुको जडीबुटीमा आठ आना जग्गामा फैलिएको घर छ । सो घर उनीहरुले ६ वर्ष अगाडि बनाएका थिए । राम्रैसँग जीवनको रथ हाँकिरहेका उनीहरुले एकाएक अप्रिय निर्णय लिँदा शुभचिन्तकहरु निराश बनेका छन् । ग्ल्यामर संसारमा प्रेम-विछोड, विवाह-डिभोर्स निकै सामान्य घटना मानिन्छन् । नेपालका सेलिब्रिटीहरुमा त डिभोर्सको सिलसिला प्रकोपकै रुपमा फैलिएको छ ।
तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।