सलमानका पिता सलिमले भने- ‘सलमानले कहिल्यै बिहे गर्दैन’ किनकि…

रामेछाप खबर संवाददाता

काठमाडौं।

बलिउड सुपरस्टार सलमान खान हरेकको दिलमा राज गर्ने व्यक्ति हुन् । उनको फ्यानको उनीप्रतिको क्रेज यस्तो छ कि सलमानको जुनसुकै फिल्म रिलिज भएपनि सुपरहिट भइहाल्छ ।

बलिउडमा उनको सफलताको आजपनि ग्यारेन्टी जस्तै नै छ । उनी अभिनीत पछिल्लो फिल्म ‘भारत’ हो ।सलमानलाई वर्षौदेखि प्रशंसकहरुले एउटा प्रश्न पटक-पटक गर्ने गरेका छन्- ‘कहिले बिहे गर्ने ?’ उनको बिहेको विषयलाई लिएर अनेक अन्दाज लगाइएको पाइन्छ । कहिले सलमान कैटरीनासँग, कहिले यूलियासँग बिहे गर्दै भन्ने हल्ला फैलिरहेको छ ।

तर, वास्तवमा नै उनले कहिले बिहे गर्छन् कसैलाई थाहा छैन ।सलमानको पारिवारिक सुत्रको अनुसार, सलीम खान (सलमानका पिता) ले भनेका छन्, ‘सलमानलाई बिहेको द’बाब नदिँदा नै राम्रो हुन्छ किनकी उसले जीन्दगीभर एक्लै रहने फैसला गरिसकेको छ ।’ऐश्वर्यासँग ब्रेकअप भएपछि सलमानको माया–प्रेममा विश्वास लाग्न छाडेको बताइन्छ । यसकारण उनले कहिल्यै बिहे नगर्ने फैसला लिएका हुन् ।

जया बच्चन सात वर्षपछि फिल्ममा देखिदैछिन

मुम्बई–अभिनेत्री जया बच्चन बलिउडका लागि कुनै नौलो नाम होइन । फिल्म उद्योगमा उनले लामो समय बिताइसकेकी छन् । यो समयमा उनले कैयौं हिट फिल्म दिएकी छन् ।

यिनै जया ७ वर्षपछि ठूलो पर्दामा फर्किदैछिन् । उनको यो फर्काइ हिन्दी फिल्मका लागि नभई मराठी फिल्मका लागि हुनेछ । उनी पहिलो पटक कुनै मराठी प्रोजेक्टमा काम गर्न लागेकी हुन् ।

फिल्मको निर्देशन गजेन्द्र अहीरेले गर्दैछन् । उनले यसअघि ‘शेवरी’, ‘अनुमती’ जस्ता करिब ५० फिल्मको निर्देशन गरिसकेका छन् । मराठी फिल्मका लागि जयाले २० दिनमा सुटिङ पुरा गर्नेछिन् ।

अभिनेता अमिताभ बच्चनसँग सन् १९७३ मा विवाह गरेपछि जया फिल्मी माहौलबाट करिब करिब टाढा भइसकेकी थिइन् । विवाहपछि उनले ‘सिलसिला’, ‘कभी खुशी कभी गम’, ‘लागा चुनरी में दाग’ र ‘कल हो ना हो’ जस्ता फिल्ममा अभिनय गरिन् ।

उनले पछिल्लो पटक सन् २०१२ मा रिलिज ऋतुपर्णो घोषको फिल्म ‘सनग्लास’मा अभिनय गरेकी थिइन् । नसीरुद्दीन शाहको समेत अभिनय रहेको यो फिल्म कहिल्यै रिलिज हुन सकेन ।