हनिमुनमा हुँदा काजल अग्रवालले सेयर गरेका मनै लोभ्याउने तस्विर…

रामेछाप खबर संवाददाता

काठमाडौँ ,६ फागुन ।

अभिनेत्री काजल अग्रवाल आफ्ना श्रीमान् गौतम किचलूसँग माल्दिभ्समा हनिमून मनाइरहेकी छिन् । काजलले व्यापारी श्रीमान् गौतम किचलूसँग गत हप्ता मात्रै विवाह गरेकी हुन् । उनी लगातार सोसल मिडियामा आफ्नो प्रशंसकसँग सम्पर्कमा छिन् । काजल अग्रवालले जुन फोटो सेयर गरेकी छिन् त्यसको थीम डीप ब्ल्यू सी हो । काजल र गौतम निलो रङको पहिरनमा निकै सुन्दर देखिएका छन् ।


दुबैले समुद्रको किनारामा फोटोसुट गरेका छन् । यसका साथै काजलले एउटा फोटोमा योगासन पनि गरिरहेको देख्न सकिन्छ । काजलले लेखेकी छिन्, ‘म आफ्नो रुटिन फलो गर्नका लागि लालायित छु ।’

काजलले माल्दिभ्सको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरमा काजल रातो कलरको ड्रेसमा बिस्दास मुडमा देखिएकी छन् । काजलले समुन्द्री किनारमा हट अन्दाजसहित तस्बिरका लागि पोज समेत दिएकी छिन् । मिनिमल मेकअप र कानको रिङ्गले उनको हट लुक्सलाई परफेट बनाएको छ ।


सन् २००४मा अभिनेता विवेक ओबराय र ऐश्वर्या राय अभिनित फिल्म ‘क्या हो गया ना’बाट काजलले अभिनयमा डेब्यु गरेकी थिइन् । अग्रवालले विवाह पछि पनि आफूले गरिरहेको काम नरोक्ने समेत बताएकी छिन्।

उनले सिंगम, मुम्बई सागा, मागाधीरा, जिल्ला, पेरिस पेरिस, टेम्पर लगायतका सिनेमामा खेलेकी छिन्।

उनी प्रायजसो तेलुगु चलचित्रमा काम गर्छिन भने तमिल र हिन्दी चलचित्र क्षेत्रमा पनि उनको प्रवेश भइसकेको छ । काजलको चर्चा बलिउडमा चुलिएसँगै छिट्टै सिङ्‍गापुरको ‘मैडम तुसाद म्युजियम’मा उनको मैनको पुतला राखिँदैछ। काजल दक्षिण भारतीय फिल्म उद्योगकी पहिलो नायिक हुन् जसको मैनको पुतला मैडम तुसादमा राखिँदैछ।

काजलले आफ्ना भ्रमणको फोटो लगातार सोसल मिडियामा पोस्ट गरिरहेकी छिन् ।

हालै काजलले इन्स्टामा केही नयाँ तस्बिर सेयर गरेकी छिन् जसमा नवविवाहित जोडीलाई पानी भित्र रोमान्स गरिरहेको देख्न सकिन्छ । काजलले जुन तस्बिर सेयर गरेकी छिन् त्यसमा उनी निलो रङको ब्याकलेस ड्रेसमा देखिएकी छिन् । यो ड्रेस काजललाई निकै सुहाएको छ ।

नायिकाले जुन फोटो सेयर गरेकी छिन् त्यसमा पानीभित्र एक कोठा पनि देखिएको छ र त्यस वरिपरि थुप्रै माछा पनि देखिएका छन् ।