किन गनाउँछ मुख ? यसरी राख्नुस् मुख र दाँत स्वस्थ

रामेछाप खबर संवाददाता


मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा :

धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने । धेरै तातो र धेरै चिसो नखाने । मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने । हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने । मुखमा खानेकुरा राखेर नसुत्ने । बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने । बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने । रेसा भएको र पोसिलो खानेकुरा खाने । पानी प्रशस्त पिउने ।

वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ । नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने । फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने । हरेक ५ महिनामा दाँत जँचाउने ।

प्लस टिप्स
डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।