हिटलरको ट्वाइलेटको गरियो लिलामी, कतिमा बिक्यो ?

रामेछाप खबर संवाददाता


जर्मनीका तानाशाह एडोल्फ हिटलरको निजी ट्वाइलेट कमोड लिलाम बिक्री गरिएको छ । एक खरिदकर्ताले यसका लागि २१ लाख रुपैयाँ जति खर्च गरे ।
दोस्रो विश्वयुद्धमा उक्त कमोडलाई एक अमेरिकी सैनिकले लिएर गएका थिए । यो ट्वाइलेट सीट बेर्गोफमा रहेको हिटलरको प्राइभेट बाथरूममा फिट गरिएको थियो ।

अमेरिकी सैनिक रेगनवाल्ड सी बोर्चले कमोड लिएर गएका थिए । उनकै छोराले यसलाई लिलाम गरेका हुन् । रेगनवाल्ड फ्रान्सका दुईवटा आर्मर्ड डिभिजनमा सम्पर्क अधिकारी थिए ।

उनी ट्वाइलेट सीट लिएर न्युजर्सी पुगेका थिए । आफ्नो घरको बेसमेन्टमा उनले यसलाई राखेका थिए । यसबाहेक हिटलर र उनकी पत्नी इभा ब्राउनका अन्य सामान पनि लिलामी गरिएको छ । इभाको निकर पनि लिलामी गरिएको छ । त्यसलाई १३ सय पाउन्ड तिरिएको छ । अनि हिटलरले दाह्री काट्दा पानी राख्ने मग पनि बेचिएको छ । उनको हेयर ब्रश र चारवटा कपाल पनि लिलामी गरिएको छ ।