परिवारको सहमति र वडाको सिफारिस विना अब ४० वर्षमुनिका महिला एक्लै विदेश जान नपाइने

रामेछाप खबर संवाददाता

काठमाडौं, २९ माघ ।

अब ४० वर्षमुनिका महिलाहरू एक्लै विदेश भ्रमणमा जाँदा परिवारको सहमति र वडाको सिफारिस अनिवार्य चाहिने भएको छ।

अध्यागमन विभागले कार्यविधि २०६५ को भिजिट भिसासम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । नयाँ कार्यविधिअनुसार ४० वर्षमुनिका महिलाहरू अब एक्लै विदेश वडा कार्यालयको र पारिवारिक सहमति विना जान नपाइने भएको छ । विभागका अनुसार पीडामा परेको महिलाहरुलाई उद्धार गर्न सजिलो बनाउनका लागि कार्यविधि संशोधन प्रस्ताव गरिएको हो ।

यसले मानव तस्करी, शोषणमा जस्ता समस्यामा परेका महिलाहरुलाई उद्धार गर्न सजिलो हुने जनाइएको छ। कार्यविधि संशोधन प्रस्ताव तीन दिनअघि गृह मन्त्रालयमा पठाएको विभागले जनाएको छ। यो कार्यविधि चाँडै लागू हुने बताइएको छ ।

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन संवाद

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोर्न वार्ता भएको छ। बाइडेन राष्ट्रपति बनेपछि सीसँग उनको पहिलोपटक कुराकानी भएको सीएनएनले उल्लेख गरेको छ।

दुई नेताबीच भएको संवादमा दुवै देशबीच देखिएको समस्याहरुका बारेमा छलफल भएको बताइएको छ। बाइडेनले सीसँग सैन्य र आर्थिक मामिलाका साथै जलवायु परिवर्तन लगायतका विषयमा दुवै देशबीच हुन सक्ने सहकार्यको बारेमा समेत कुरा उठाएको बताइएको छ। उनीहरुबीच भएको छलफलको विस्तृत विवरण सार्वजनिक भने गरिएको छैन।