प्रचण्डलाई चिडिखानामा थुनिदिने गृहमन्त्री थापाको चेतावनी

रामेछाप खबर संवाददाता

काठमाडौं, २४ माघ ।

गृहमन्त्री रामबहादुर थापा बादलले नेकपाको अर्को समूहका नेता पुष्पकमल दाहाल प्रचण्डलाई जाउलाखेलको चिडियाखानामा लगेर थुनिदिने चेतावनी दिएका छन् ।

उनले भने– ‘उहाँहरूले मांशाहारी आन्दोलन गर्ने भन्नुभएको छ, त्यस्तो आन्दोलनलाई हाम्रो संविधानले अपराध मान्छ, त्यस्तो अपराध गर्नेलाई हामी जावलाखेलको जुमा लगेर थुनिदिन्छौं ।’

प्रधानमन्त्री पक्षीय नेकपाको सभामा बोल्दै थापाले नाम उच्चारण नगरी मांसाहारी आन्दोलन गर्नेहरुलाई चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका हुन् ।

अर्को नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले आफ्ना नेता कार्यकर्तालाई शाकाहारी आन्दोलनले सरकारमाथि दवाव नपुगेकाले अब मांशाहारी आन्दोलन गर्र्नुपर्छ भनेर उकासेका थिए । गृहमन्त्री थापाले त्यसको जवाफमा आज प्रचण्डलाई चिडियाखानामा थुन्ने चेतावनी दिएका हुन् ।

उनले गणतन्त्रको रक्षाका लागि नारायणहिटी संग्रहालयको अगाडि सभाको आयोजना गरिएको खुलासा पनि गरे । थापाले फुटवादी र गुटवादी आन्दोलन गर्नेलाई सचेत हुन पनि सुझाए ।
राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षलाई अपदस्त गर्ने षडयन्त्र भएकाले अहिलेको अवस्था आएको गृहमन्त्री थापाको भनाइ छ ।

मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गरिन्छ– गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिने चेतावनी दिनुभएको छ ।

शुक्रबार ओलीपक्षले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै उहाँले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडिया खानामा लगेर बन्द गरिने बताउनुभयो ।

दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केहिदिन अघि अब देशमा मांसाहारी आन्दोलन गर्नुपर्ने बताउनुभएको थियो ।

मांसाहारी आन्दोलनलाई संविधान र कानूनले अपराध मानेको बताउँदै उहाँले देश निर्वाचनमा होमिएको घोषणा गर्नुभयो ।