सञ्जय दत्तले मान्यतालाई दिए १०० करोडको उपहार, उनले गरिदिइन् फिर्ता

रामेछाप खबर संवाददाता

काठमाडौं, २२ माघ ।

बलिउड अभिनेता सञ्जय दत्तले पत्नी मान्यतालाई १०० करोड भारू बराबरको उपहार दिएका थिए। तर मान्यताले उक्त उपहार फिर्ता गरेकी छन्। सञ्जयले मान्यतालाई मुम्बई सहर केन्द्रभन्दा परका चार वटा फ्ल्याट उपहार दिएका थिए। तर एक साता नबित्दै मान्यताले सञ्जयको उपहार फिर्ता गरेको बलिउड हंगामाले लेखेको छ।

सञ्जयले मान्यतालाई दिएका फ्ल्याटहरू भएको दुई अपार्टमेन्ट पाली हिलको इम्पेरियल भवन, बान्द्रामा पर्छ जहाँ धनी सेलेब्रेटीहरू बस्छन्।

सरकारी मूल्यांकनमा २६ करोड भारू जति देखाइए पनि उक्त फ्ल्याटका बजार भाउ भारू सय करोड नाघ्ने खबरमा जनाइएको छ। दत्तले गत वर्षको डिसेम्बर २३ मै ती फ्ल्याट मान्यतालाई उपहार दिएका थिए र मान्यताले डिसेम्बर २९ मा सो उपहार फिर्ता गरेकी थिइन्।

परिवारका सदस्यलाई उपहार दिनु ठूलो कुरा होइन। तर सञ्जयले मान्यतालाई चार-चार वटा फ्ल्याट उपहार कर कम गर्न दिएको हुन सक्ने अनुमान विज्ञहरूको छ।

बाहुबलीका डाइरेक्टरमाथि बोनी कपूरको हमला

काठमाडौं । दशहरा वीकेण्डमा रिलीज भइरहेको मैदान र आरआरआर को क्ल्याशलाई लिएर बोनी कपूर र एसएस राजामौलीको बीचमा विवाद बढेको छ । राजामौलीको पूरा विवादमा एकातर्फ कुनै रिएक्शन आएको छैन भने अर्कोतर्फ बोनी कपूरले एक तेलेगू न्यूज पेपरलाई दिएको अन्तर्वार्तामा राजामौलीलाई एक अनपेफेसनल फिल्ममेकर बताएका छन् ।

त्यति मात्रै होइन, उनले राजामौलीविरद्ध उनकी श्रीमती श्रीदेवीविरुद्ध बेकारको कुरा गरेको आरोप लगाएका छन् । बोनीले भने, ‘राजामौली त्यस्ता एक अन प्रोफेशनल फिल्म मेक हुन्, जसलाई सिनियर फिल्म पर्सन्यालिटिजलाई कसरी सम्मान गनुपर्छ त्यो थाहा छैन ।’

बोनीले उनको फिल्ममा श्रमिती श्रीदेवीले बाहुबलीमा शिवगामीको भूमिका किन ननिभाएकी थिइन् भन्ने कुरा पनि बताए ।

उनले भने, ‘श्रीदेवीलाई स्क्रिप्ट मन परेको थियो, र उनले आफ्नो इनपुट पनि दिएका थिए,राजामौलीले मलाई म्यासेज गरेर श्रीदेवीको इनपुट राम्रो रहेको पनि बताएका थिए, तर जब श्रीदेवीले पारिश्रमिक कम भएको बताए, तब राजामौलीले बेकारको कुरा गरे, श्रीदेवी ठूलो स्टार थिइन्, उनी कसरी थोरै पैसामा काम गर्न सक्थिन् ।’

के हो घटना ?

गत हप्ता राजामौलीले आरआरआर फिल्म यसै वर्षको १३ अक्टोबरमा रिलीज हुने बताए । तर बोनी कपूरले ६ महिना पहिल्यै अजय देवगण स्टारर फिल्म मैदानको रिलजि डेट १५ अक्टोबर तोकेका थिए ।

फिल्म आरआरआरमा जूनियर एनटआिर, राम चरण र अजय देवगणकै भूमिका रहेको छ । त्यसैले बोनी कपूरले आफूलाई नसोधी फिल्मको रिलीज डेट तोकेकोमा आपत्ति जनाए ।