अन्जु पन्तका हुनेवाला श्रीमान भन्छन् ‘तपाईले सुनेको सत्य हो,हामी प्रेममा छौं’

रामेछाप खबर संवाददाता

काठमाडौं ।

गायिका अञ्जु पन्तका हुनेवाला श्रीमान थीर कोइरालाले आफुहरुले केही दिनमै विवाह गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमा लेख्दै उनले भने ‘तपाईहरुले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि प्रेममा छौँ र निकट भविश्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ ।’

शुभचिन्तकको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले आफुहरुलाई अझ उत्साह मिलेको र भविश्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गरेको कोइरालाले बताएका छन् । साता अघि गायिका पन्तले पुन विवाह गर्न लागेको समाचार सार्वजनिक भएको थियो । अञ्जुकी छोरि परितोषिाले अञ्जुलाई विवाह गर्न आग्रह गरेकी थिइन् ।

विराट कोहली लगातार चौथो वर्ष पनि सबैभन्दा धनी भारतीय सेलिब्रिटी

मुम्बई– क्रिकेट खेलाडी विराट कोहली २३ करोड ७७ लाख अमेरिकी डलरको ब्राण्ड भ्यालूका साथ लगातार चौथो वर्ष पनि सबैभन्दा मूल्यवान भारतीय सेलिब्रिटी बन्न सफल भएका छन् ।

यो सूचीमा दोस्रो तथा तेस्रो स्थानमा हिन्दी फिल्म अभिनेता अक्षय कुमार तथा रणवीर सिंहको नाम रहेको छ । सन् २०२० का लागि शीर्ष १० सर्वाधिक मूल्यवान सेलिब्रिटी सूचीमा केवल कोहली फिल्म उद्योग भन्दा बाहिरका छन् । त्यस्तै अन्य दुई महिला पनि रहेको ब्राण्ड मूल्यांकनमा विशिष्टा हासिल गर्ने कम्पनी डफ एन्ड फेल्प्सले बुधबार बताएको छ ।

सन् २०२० मा कोहलीको ब्रान्ड भ्यालू यथावत रहेको छ भने अन्य शीर्ष २० सेलिब्रिटीले आफ्नो कूल मूल्यमा पाँच प्रतिशत अथवा करीव एक अरब अमेरिकी डलर गुमाएका छन् ।

डफ एन्ड फेल्प्सका सेलिब्रिटी ब्रान्ड मूल्यांकन अध्ययनका छैठौं संस्करणका अनुसार सन् २०२० मा शीर्ष २० हस्तिहरुको कुल ब्राण्ड भ्यालू एक अरब अमेरिकी डलर थियो, जून सनु २०१९ को तुलनामा पाँच प्रतिशत कम हो ।

यहि सूचीमा ५ करोड ११ लाख डलर मूल्यांकनका साथ शाहरुख खान चौथो स्थानमा छन् भने दीपिका पादुकोण ५ करोड ४ हजार डलरका साथ पाँचौं स्थानमा रहेकी छिन् ।त्यस्तै आलिया भट्ट छैठौं स्थानमा छिन् ।