प्रधानमन्त्रीका सल्लाहकार थापा भन्छन् – खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसो थाम्न गाह्रो प-याे

रामेछाप खबर संवाददाता

काठमाडाैं, २१ माघ ।

प्रधानमन्त्रीका सल्लाहकार थापा भन्छन् – खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसो थाम्न गाह्रो प-याे
काठमाडौं । सरकारले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक रुपमा नेकपा ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ ।

पुस ५ यता दुवै समूह एकअर्काविरुद्ध कार्यक्रम गर्दै हिँडेका छन् । प्रचण्ड नेपाल समूहले जुलस, धर्ना लगायतका कार्यक्रम गरिरहेको छ ।

बुधबार बिहान संवैधानिक निकायका प्रमुखसहित सदस्यहरुले सपथ लिएका छन् । संवैधानिक निकायहरुमा जबरजस्ती प्रमुख र सदस्यहरु नियुक्त गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले बिहिबार आम हड्ताल गर्ने निर्णय गरेको छ ।

यसै बिषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत थापाले प्रचण्ड–नेपाल समूहले संवैधानिक निकायमा आफ्नो मान्छे हाल्न नपाउँदा आमहड्ताल गरेको बताएका छन् । उनले भने – ‘माझण्ड (माधव-झलनाथ-प्रचण्ड) गुटले संबैधानिक निकायहरूमा खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसाे थाम्न गा-हाे प-याे’

उनको स्टाटस यस्तो छ – ‘माझण्ड (माधव-झलनाथ-प्रचण्ड) गुटले संबैधानिक निकायहरूमा खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसाे थाम्न गा-हाे प-याे ! न बा-हड्लाल, न आमा-हड्ताल, पद नपाएको कुण्ठा ।’