आजै देखि लागू हुने गरी NCELL ले ल्यायो यति सस्तो दरमा भ्वाइस प्याक

रामेछाप खबर संवाददाता

काठमाडाैं, २१ माघ ।

एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइसँग कुरा गर्न सक्ने भएका छन् ।एनसेल आजियाटाले आफ्नो विन्टर अफरअन्तर्गत लोकल दरमा नै भारतमा कल गर्न पाइने गरी दैनिक र तीनदिने सहुलियत प्याक गरी दुईवटा भ्वाइस प्याक ल्याएको छ ।यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्दछ ।

दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित मात्र २५ रुपैयाँमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइ वा व्यापार–व्यवसायका समकक्षीसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन् । दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसीमा रहन्छ ।यो भ्वाइस प्याक खरिद गर्न प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७एस्ट्रिक्स१ह्यास डायल गर्न सक्छन् ।त्यस्तैगरी, विन्टर अफरअन्तर्गत प्रिपेड ग्राहकका लागि तीनदिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ ।

तीन दिनको समयसीमा रहेको यो भ्वाइस प्याक ग्राहकले करसहित मात्र १४ रुपैयाँमा खरिद गर्न सक्छन् र एक रुपैयाँ ९९ पैसा प्रतिमिनेट (करसहित दुई रुपैयाँ ५४ पैसा प्रतिमिनेट)को दरमा भारत कल गरी आफ्ना परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् ।भ्वाइस प्याकबिना भारत कल गर्दा विद्यमान शुल्क दुई रुपैयाँ ९९ पैसा प्रतिमिनेट (करसहित तीन ८२ रुपैयाँ प्रतिमिनेट) रहेको छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७एस्ट्रिक्स२ह्यास डायल गरी यो भ्वाइस प्याक सुचारु गर्न सक्छन् ।