इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडकाे शानदार जित

रामेछाप खबर संवाददाता

काठमाडाैं, २१ माघ ।

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनलाई ९ – ० गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेडले आफ्नाे जित निकालेकाे हाे । जितसँगै युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । तर, गोल अन्तरमा युनाइटेड दोस्रो स्थानमा रहेको छ ।

युनाइटेडको २२ खेलबाट ४४ अंकमा पुगेको छ । २० खेल खेलेको सिटीको ४४ अंक छ । पराजित साउथह्याम्टन २९ अंक जोडेर १२ औं स्थानमा रहेको छ । यस्तै, गएराति नै भएका खेलमा सेफिल्ड युनाइटेडले वेष्ट ब्रोमलाई २ –१ गोल अन्तरले हराएको छ । यस्तै, क्रिस्टल प्यालेसले न्यूक्यासललाई र वुल्भ्स्ले आर्सनललाई पनि २–१ गोल अन्तरले पराजित गरेको छ ।

टि-१० लिग : सोमपालको पहिलो विकेट, करणले गरे ब्याटिङ

युएईमा जारी टि-१० लिग क्रिकेटमा नेपाली स्टार सोमपाल कामीले पहिलो विकेट लिएका छन् । मराठा अरेवियन्सबाट खेलिरहेका सोमपालले आफ्नो चौथो खेलमा विकेट हात पारेका हुन् ।

खेलको चौथो ओभर बलिङ गर्न आएका सोमपालले अन्तिम बलमा सोहाइल अख्तरलाई एलबिडब्लू धरापमा पारे । एक ओभर मात्रै बलिङ पाएका सोमपालले १९ रन दिएर एक विकेट लिएका हुन् ।

यसअघि ३ खेलमा विकेट लिन नसकेका सोमपालको यो प्रतियोगिताकै पहिलो विकेट हो । यसअघि पुणे डेभिल्सबाट करण केसीले पनि विकेट लिइसकेका छन् ।

सोमपालले विकेट लिएपनि गएरातिको पहिलो खेलमा कलन्डर्सले मराठा अरेवियन्सलाई ४ विकेटले हरायो । मराठाले दिएको १०२ रनको विजयी लक्ष्य कलन्डर्सले ९औँ ओभरको सुरुवातमै भेट्टायो । योसँगै सोमपालको टिमले तेस्रो हार ब्यहोरेको छ ।

गएरातिका अन्य खेलमा देल्ली बुल्स र नर्दन वारियर्स विजयी भएका छन् । दोस्रो खेलमा करणको पुणेले देल्लीसँग लज्जास्पद हार ब्यहोरेको छ । पुणेले दिएको ५७ रनको सामान्य लक्ष्य देल्लीले चौथो ओभरमै भेटेर ८ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको पुणेले ७ विकेटको क्षतिमा ५७ रनमात्रै बनाउन सक्यो । पहिलो पटक ब्याटिङ पाएका करण पहिलो बलमै शून्यमा क्याच आउट भए ।

अर्को खेलमा नदर्न वारियर्सले डेक्कन ग्लाडियटर्सलाई ३ रनले पारजित गर्यो । १४४ रनको लक्ष्यसहित ब्याटिङमा आएको डेक्कन मात्र १४० रनमा समेटिएको थियो ।