फेरि भुकम्पले हल्लायो बागमती प्रदेश, त्रसित भए बागमती बासी

रामेछाप खबर संवाददाता

काठमाडाैं, २१ माघ ।

मंगलबार मध्यरातमा तनहु गोरखा भूकम्पले हल्लाएको महसुस भएको छ ।

राति १० बजे भूकम्पको धक्का गएको हो । सो सामान्य भूकम्पको थप विवरण आउन बाकि छ।

उक्त भूकम्प काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशमा महसुस गरिएको जनाइएकोे छ ।

दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस दुर्घटना

दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस सिन्धुपाल्चोकको ११ किलो क्षेत्रमा दुर्घटना भएको छ ।

काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस दुर्घटना भएको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले जानकारी दिएका छन।

उनका अनुसार दुर्घटना भएको क्षेत्र मुढेबाट ११ किलोमिटर अगाडि हो । हालसम्म कति घाइते भए भन्ने यकिन भइनसकेको उनले बताएका छन । कम्तिमा १० जनालाई स्थानीय अस्पतालमा पुर्‍याइएको उनले जनाएका छन ।

मुढेस्थित चेकपोष्टमा उक्त बसमा १५ जना सवार रहेको टिपाइएको थियो । ‘ओरालो भएको ठाउँमा दुर्घटना भएको हो, कारण खुलिसकेको छैन,’ अधिकारीले भने ।