कंगनाले दिइन् ४ करोड भारु बराबरको अपार्टमेन्ट ‘सिबलिङ्स’लाई उपहार

रामेछाप खबर संवाददाता

काठमाडौं, २० माघ ।

कंगना रनौटले ४ कारोड भारतीय रुपैया बराबरको सुविधासम्पन्‍न अपार्टमेन्ट आफ्ना दाजूभाई दिदीबहिलीलाई उपहार दिएकी छन्। उनले बहिनी रंगोली चान्देल, भाइ अंक्शित र अन्य दुई ‘कजन’ लाई अपार्टमेन्ट खरिद गरेर दिएकी हुन्।

कंगनाले ट्वीटमा लेखेकी छन्, ‘म मानिसहरुलाई आफूले कमाएको धन परिवारमा बाड्नको लागि प्रेरणा दिन चाहन्छु। स्मरण रहोस् खुसी बाडेपछि बढ्छ। यहाँ सुन्दर बनिरहेका अपार्टमेन्टहरु छन्, जो सन् २०२३ सम्म बनिसक्नेछन्। मेरो परिवारको लागि गर्न पाउँदा आफूलाई भाग्यमानी ठानीहरेकी छु।’

भारतीय सञ्चार माध्यमका अनुसार कंगना आफ्नो परिवारको लागि सँधै सहयोगी छन्। उनले उपहार दिएको अपार्टमेन्ट चण्डिगढमा रहेको छ।

रणवीर र दीपिकाको ‘८३ ‘ अग्रेजी भाषामा पनि निर्माण हुने

बलीउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहेको ु८३ु फिल्म अग्रेजी भाषामा पनि निर्माण हुने भएको छ।

८३ क्रिकेटर कपिल देवको बायोपीकमा आधारीत फिल्म हो। १९८३ मा विश्वकप क्रिकेटलाई मुल कथालाई लिएर बनाइएको फिल्ममा कपिल देवको भुमिकामा रणवीर देखिदै छन् भने उनकी पत्नी रूमी देवीको भुमिकामा दीपिका देखिने छिन् ।

१९८३ मा भारतिय क्रिकेट टोलीका कप्तान थिए कपिल देव । उक्त खेलमा भारतले पहिलोपटक विश्वकप जितेको थियो।फिल्मलाई कविर खानले निर्देशन गदैछन् ।

कपिल देवका प्रशंसकहरु विश्वभर रहेकाले फिल्मलाई अंग्रेजी भाषामा पनि निर्माण गर्न लागिएको बताइएको छ।