म्यानमारका बैंक तथा वित्तिय संस्थाहरू बन्द

रामेछाप खबर संवाददाता

एजेन्सी , १९ माघ ।

म्यानमारका बैंक तथा वित्तीय संस्थाहरू बन्द भएका छन् । बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले जानकारी दिएका छन् ।सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरूको सेवासमेत बन्द भएको हो । सेनाले सत्ता नियन्त्रणमा लिएपछि इन्टरनेट सेवासमेत अवरुद्ध गरिदिएकाले पनि एटीएमले काम नगरेको हुनसक्ने उपभोक्ताको भनाइ छ ।

केही बैंकहरूले फेब्रुअरी १ देखि अनिश्चितकालसम्मका लागि बैंकको सेवा बन्द गरिएको सोमबार नै घोषणा गरेका छन् । इन्टरनेट सेवा अवरुद्ध भएकाले बैंक बाहेक पनि अरु दर्जनौँ क्षेत्रमा असर परेको स्थानीयले बताएका छन् । सैन्य शासकहरूले सबैलाई सञ्चार सम्पर्क विच्छेद गराइदिएका छन् ।

म्यानमारमा सैनिक ‘कु’पछि कर्फ्यु घोषणा

नेपिद । म्यानमारमा सेनाले जननिर्वाचित सरकारका प्रमुख सहित नेत्री आङ सान सूकीलाई पक्राउ गर्दै सत्ता हातमा लिएपछि आजराति देखि लागू हुनेगरि कर्फ्यु घोषणा गरिएको छ। म्यानमार स्थित नेपाली पत्रकार दिपक भट्टराईका अनुसार आज राति ८ बजेदेखि लागू हुनेगरि कर्फ्यु लगाइएको हो।बर्मामा भर्खरै राति ८ बजेदेखि कर्फ्यु घोषणा गरियो। रातिदेखि बिजुली र इन्टरनेटमा पनि समस्या आउने जानकारी दिइयो।

राजधानी लगायत देशभर गैर सरकारी सञ्चार माध्यमका सेवा बन्द गरिएका छन्। पत्रकार भट्टराईका अनुसार बिजुली र इन्टरनेटमा पनि समस्या आउने जानकारी दिइएको छ। सेनाले सत्ता हातमा लिएपछि जनजीवन अस्तव्यस्त बनेको छ। प्रमुख शहरहरुमा सैनिकहरुले निगरानी बढाएका छन्। बैंक बन्द गरिएपछि आज दिउसो एटिएमबाट पैसा झिक्ने मानिसहरुको शहरहरुमा लामो लाइन थियो। बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले जानकारी दिएका छन्।

सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरूको सेवासमेत बन्द भएको हो। सेनाले सत्ता नियन्त्रणमा लिएपछि इन्टरनेट सेवासमेत अवरुद्ध गरिदिएकाले पनि एटीएमले काम नगरेको हुनसक्ने उपभोक्ताको भनाइ छ । केही बैंकहरूले फेब्रुअरी १ देखि अनिश्चितकालसम्मका लागि बैंकको सेवा बन्द गरिएको सोमबार नै घोषणा गरेका छन्। इन्टरनेट सेवा अवरुद्ध भएकाले बैंक बाहेक पनि अरु दर्जनौँ क्षेत्रमा असर परेको स्थानीयले बताएका छन्। सैन्य शासकहरूले सबैलाई सञ्चार सम्पर्क विच्छेद गराइदिएका छन्।