यसकारण गरे आमिर खानले फोन नचलाउने निर्णय

रामेछाप खबर संवाददाता

काठमाडौं, १९ माघ ।

बलिउड– बलिउड अभिनेता आमिर खानले आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’ भन्दा पहिला एउटा ठूलो कदम उठाएका छन् ।
अहिलेको डिजिटल यूगमा हामी हरेक १०–१५ मिनेटमा आफ्नो फोन चेक गर्छौं, तर अभिनेता खानले फिल्मको रिलीजसम्म फोनको प्रयोग नै नगर्ने निर्णय गरेका छन् ।

आमिरले यस्तो निर्णय किन गरे त ?

आमिरले आफ्ना हरेक फिल्मका हरेक भूमिकालाई उत्कृष्ट बनाउनका लागि हरेक स–साना कुराहरुमा ध्यान दिन्छन् भन्ने कुरा हामी सबैलाई थाहा नै छ । उनले आफ्नो हरेक प्रोजेक्टको भूमिकामा आवश्यकता अनुसार स्वयंलाई ढाल्छन् । अहिले आमिरले आफ्नो आगामी फिल्म लाल सिंह चढ्डाका लागि भिन्दै तरिका अपनाएका छन् ।

मोबाइल फोनले आफ्नो काममा बारम्बार अड्चन उत्पन्न गरेको र लाल सिंह चढ्डामा काम गर्दाको क्रममा फोन बाधक नहोस् भन्नका लागि अभिनेताले यस्तो कदम उठाएको बताए ।

यो फिल्म यस वर्षको अहिले सम्मको बहुप्रतीक्षित रिलीज हो र हरेक पटकको जस्तै यसपटक पनि आमिर खान अभिनित यो फिल्म क्रिसमसमा रिलिज हुँदैछ । लाल सिंह चढ्डाले आमिर र करीना कपूर खान फेरी एकपटक संगै देखिनेछन् । अहिले आमिर खान लाल सिंह चढ्डामा पूर्ण रुपले फोकस गरिरहेका छन् । फिल्म यतिबेला पोस्ट प्रोडक्शनको क्रममा छ । आवश्यक कुरालाई महत्व दिँदै यी अभिनेताले उनलाई मिस्टर परफेक्शनिस्ट किन मानिन्छ भन्ने कुरा एकपटक फेरि प्रमाणित गरेका छन् ।