मृत्युसँग दुई पटक भएको थियो प्रीति जिन्टाको सामना, बालबाल बचेकी थिइन् नायिका

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ माघ ।

बलिउडकी डिम्पल गर्ल भनेर चिनिने नायिका प्रिती जिन्टा जनवरी ३१ मा आफ्नो जन्मदिन मनाइरहेकी छिन् । नायिकाको जन्म हिमाचल प्रदेशस्थित शिमलामा ३१ जनवरी सन् १९७५ मा भएको थियो । प्रिती जब १३ वर्षकी थिइन् तब उनका पिता दुर्गानन्द जिन्टा एक कार दुर्घटनामा बितेका थिए । यो दुर्घटनामा प्रितीका आमा पनि नराम्रोसँग घाइते भएकी थिइन् । बाल्यकालदेखि नै यी दुर्घटनालाई देख्दै आएकी प्रिती आफैं पनि दुई पटक मृत्युको मुखबाट बालबाल बचेकी थिइन् । आज उनको जन्मदिनमा हामी नायिकामाथि भएका ती दुर्घटनाबारे कुरा गरौं जुन प्रितीको जीवनको टर्निङ पोइन्ट साबित भयो ।

इन्डिया टुडे कनक्वेव सन् २०१८ मा प्रिती जिन्टाले आफूमाथि भएको एक भयानक दुर्घटनाबारे कुरा गरेकी थिइन् । उनले सन् २००४ मा आएको सूनामीको बयान गरेकी थिइन् । सूनामीमा प्रितीले आफ्ना निकै नजिकका साथी गुमाएकी थिइन् ।

नायिकाले भनिन्, ‘म त्यो सूनामीमा मृत्युको निकै नजिक थिएँ । त्यतिबेला म फुकेटमा थिएँ । मेरा धेरैजसो साथीहरु त्यो सूनामीमा बिते । बाँच्नेमा म एक्लो थिएँ । भगवानले उनीहरुको आत्मालाई शान्ति दिउन् । त्यो निकै मुश्किल समय थियो ।’
सूनामीको भयानक लहरमा आफ्नालाई गुमाउनु प्रितीको जीवनका लागि एउटा ठूलो टर्निङ पोइन्ट थियो । नायिका आफैंले यसबारे चर्चा गरिन् । उनले भनिन्, ‘मैले सोचिरहेँ कि म किन बाँचे । त्यसैले मैले सोचेँ कि मैले आफ्नो जीवनमा त्यहि गर्नुपर्छ जुन म साँच्चै गर्न चाहन्छु ।’

यो घटनापछि नै प्रितीले इन्डियन प्रिमियर लिग जोइन गरेकी थिइन् । प्रिति जिन्टाले भनिन्, ‘मैले ब्रेवरी अवार्डका बेला ललित मोदीलाई भेटेँ । म यसको ब्रान्ड एम्बेसडर थिएँ र ललित मोदीको पूरा परिवार यसमा समावेश थिए । हामी पछि कफीका लागि भेट्यौं र उनलाई आफूले स्पोर्टस् स्कूल खोल्न चाहेको बताएँ । स्पोर्टस् स्कूल खोल्नु मेरो र मेरो पिता दुबैको सपना थियो । त्यतिबेला मलाई थाहा थिएन कि स्पोर्टस् स्कूल खोल्नका लागि हजार करोड भारुको आवश्यकता पर्छ ।’

यससँगै प्रितीले सोधिन्, ‘जब आइपिएलको बिडिङ भएरहेको थियो तब उनले (ललित मोदी) ले फोन गरे र आइपिएल जोइन गर्नेबारे सोधे । सबैले अस्विकार गरिदिएका थिए तर मैले यसबारे सोचेँ । जब मलाई म यो गर्न सक्छु भन्ने लाग्यो तब मैले आइपीएलका लागि हुन्छ भनिदिएँ ।’

सूनामी अघि पनि प्रितीले अर्को एउटा घटनाको सामना गरेकी थिइन् जसमा उनी बालबाल बचेकी थिइन् । यो दुर्घटना सन् २००४ कै थियो । त्यतिबेला उनी श्रीलङ्काको कोलम्बोमा टेम्टेशन कन्सर्टमा अन्य बलिउड सेलिब्रिटीसँगै थिइन् । अचानक त्यहाँ बिस्फोट भए जसमा धेरैको मृत्यु भएको थियो । यो घटनामा प्रिती र अन्य सेलिब्रिटीले मृत्युलाई निकै नजिकबाट देखे ।

प्रितीको निजी जीवनबारे कुरा गर्ने हो भने नायिकाले सन् २९ फेब्रुअरी सन् २०१९ मा आफ्ना प्रेमी जीन गुडएनफसँग विवाह गरिन् । उनीहरुको विवाह लस एन्जलिसमा एक नीजि समारोहमा सम्पन्न भएको थियो ।