पेट्रोलको साटो पानीबाट दौडिने बाइक तयार पारेको विज्ञानका विद्यार्थीहरूको दाबी

रामेछाप खबर संवाददाता


भारतको अकोलामा बीएससी गरिरहेका पाँच विद्यार्थीहरूले पानीबाट हाइड्रोजन र अक्सिजन अलग्याउने किट तयार पारेको दाबी गरेका छन् । त्यसको सहायताले जम्मा ५० रुपैयाँ खर्च गरेर बाइक १०० किलोमिटरसम्म दौडिन सक्ने बताइएको छ ।

लकडाउनमा फुर्सदिलो भएको बेलामा उनीहरूले यो किट तयार पारेका हुन् ।

यश जायले, मन्दार कल्ले, महेश घाटे, शान्तनु झकार्डे र अभिजीत डामरेले किटको उपयोग गर्दै पुरानो बाइक र इन्जिनलाई मोडिफाइ गरे । पानीबाट हाइड्रोजन र अक्सिजनलाई छुट्ट्याएर उनीहले पिस्टनको कम्बसन बनाएका हुन् ।

यस विधिले बाइक दौडाउँदा कुनै किसिमको प्रदूषण नहुने यशको दाबी छ । यसको अनुसन्धानमा यशले लगभग साढे दुई लाख रुपैयाँ खर्च गरेका छन् । सरकारबाट अनुदान प्राप्त भएमा एड्भान्स किट बनाउने र यस प्रविधिबाट चल्ने बाइकको किट कम मूल्यमा प्राप्त हुने उनको भनाइ छ ।

एजेन्सी