फेरी बढ्यो सुनको भाउ , तोलाको कती ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ माघ ।

साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य रुपमा उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य ताेलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा करोबार भइरहेको छ। गत साताको शुक्रबार छापावाला सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा करोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

तल्लो अरुण जलविद्युत् परियोजना निर्माणकाे जिम्मेवारी भारतीय कम्पनीलाई

काठमाडौं – सरकारले तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मेवारी भारतीय कम्पनी एसजेभीएन लिमिटेडलाई दिएको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजना निर्माणको जिम्मेवारी भारतको उक्त कम्पनीलाई दिएको हो।

सार्वजनिक-निजी साझेदारी अवधारणाअन्तर्गत बिल्ड अन, अपरेट एण्ड ट्रान्सफर (बूट) मोडेलमा विकास गर्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीहरूको मूल्यांकन गरी भारतीय कम्पनीलाई दिने निर्णय गरेको लगानी बोर्डका प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

कुल ६७९ मेगावाट उत्पादन क्षमता रहेको उक्त परियोजना प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लामा अवस्थित छ।
२०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा सरकारले उक्त परियोजना लगानीकर्ताहरूसमक्ष प्रस्तुत गरेको थियो।