२०२१को दोस्रो महिना नलाग्दै बढ्यो होन्डा मोटरसाइकल र स्कुटरको मूल्य

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ माघ ।

२०२१ को दोस्रो महिना लाग्दा नलाग्दै होन्डालेपनि मुल्य बढाएको छ । कम्पनीले १ हजारदेखि अधिकतम ४ हजारसम्म मूल्य बढाएको छ होन्डाको मोटरसाइकलतर्फ सीबी साइन डीएसएस १२५ को मूल्य ४ हजारले बढेर २ लाख २३ हजार ९ सय पुगेको छ ।

त्यसैगरी एक्स ब्लेड एसटीडी १६० को मूल्य ४ हजारले बढेर २ लाख ९८ हजार ९ सय रुपैयाँ, एक्सआर १५० एलको मूल्य १५ हजार रुपैयाँले बढेर ५ लाख ३९ हजार ९ सय रुपैयाँ पुगेको छ भने एक्स १९० एलएच १९० को मूल्इ १५ हजार रुपैयाँले बढेर ६ लाख ३९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

साथै सीआरएफ २५० आरएलएएच इडी रेली २५० को मूल्य २ लाख ६५ हजार रुपैयाँले बढेर १५ लाख ९० हजार ९ सय रुपैयाँ पुगेको छ ।

सीबी साइन एसपी डीएसएस १२५ को मूल्य ३ हजारले बढेर २ लाख ४२ हजार ९ सय रुपैयाँ पुगेको छ भने सीबी युनिकर्न १५० को मूल्इ २ हजारले बढेर २ लाख ६३ हजार ९ सय रुपैयाँ र सीबी होर्नेट १६० ५ आइडी एलइडीको मूल्य ४ हजार रुपैयाँले बढेर ३ लाख १० हजार ९ सय रुपैयाँ पुगेको छ ।