कोरोना संकट नसकिँदै काठमाडौंमा भित्रियो बर्ड फ्लु

रामेछाप खबर संवाददाता

काठमाडौं, १७ माघ ।

काठमाडौं पंक्षीबाट सर्ने घातक रोग बर्ड फ्लु भित्रिएको छ। पशु सेवा विभागकी निमित्त महानिर्देशक डा. दमयन्ती श्रेष्ठले काठमाडौंमा बर्ड फ्लुका जीवाणु भेटिएको पुष्टि गरेकी छन्।

उनका अनुसार भारतका विभिन्न राज्यमा बर्ड फ्लु प्रकोपका रुपमा फैलिएको अवस्थामा उच्च सतर्कता अपनाउँदा अपनाउँदै काठमाडौंमा पनि देखिएको हो। ‘भारतबाट बर्ड फ्लु भित्रिन नदिन यो रोगको सघन निगरानी कार्यक सञ्चालन गरिएको छ’, उनले भनिन्, ‘यस्तो अवस्थामा काठमाडौं जिल्लामै बर्ड फ्लु भेटिएको पुष्टि भएको छ।

श्रेष्ठका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ७ साङ्लेखोला, फुटुङका कृषकहरुले पालेका टर्की र हाँसको परीक्षण गर्दा शुक्रबार बर्ड फ्लु पुष्टि भएको हो। ‘स्थानीय कृषकले पालेका टर्की र हाँसको नमून केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर विधिवबाट परीक्षण गर्दा यही माघ १६ गते बर्ड फ्लु रोग (एच५एन८) पुष्टि भएको छ’, उनले भनिन्।