प्रधानमन्त्री ओलीलाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

रामेछाप खबर संवाददाता

काठमाडौं, १५ माघ ।

सर्वाेच्च अदालतको मानहानीसम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली र सर्वाेच्च अदालतमा चार पूर्वन्यायाधीश, पूर्व सभामुखलाई जावाफ सहित सात दिन भित्र आफै उपस्थित हुन आदेश भएको छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धमा सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न समयमा दिएका अभिव्यक्तिबाट अदालतको मानहानी भएको भन्दै सर्वोच्च अदालतमा बेग्लाबेग्लै दायर मुद्दामा न्यायाधीश डा.मनोजकुमार शर्माको इजलासबाट सो आदेश भएको हो ।

अदालतमा विचाराधीन सो मुद्दामा पूर्व प्रधान न्यायाधीश, सुशीला कार्की, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र मीनबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन गैर संवैधानिक भएको भन्दै एक संयुक्त विज्ञप्ति जारी गर्नु भएको थियो । त्यस्तै पूर्व सभामुख दमननाथ ढुङ्गानाले पनि सोही किसिमको अभिव्यत्ति दिनु भएको थियो ।

चुच्चे नक्सा जारी भएपछि केपी ओली हटाउने अभियान चल्यो : मन्त्री अर्याल

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले सरकारले विगतमा छुटाइएका नेपाली भूभाग समेटेर चुच्चे नक्सा जारी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने खेल सुरु भएको बताएकी छिन् ।

ओलीपक्षीय नेकपाको अखिल नेपाल महिला संघ काभे्रले बिहीबार बनेपामा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले राष्ट्रियताको पक्षमा खुट्टा नकमाई दह्रोसँग उभिएका कारण प्रधानमन्त्री ओलीलाई पदबाट हटाउने गतिविधि सुरु भएको दाबी गरिन् । मन्त्री अर्यालले भनिन्, ‘पहिलोपटक नाकाबन्दीको विरुद्धमा उभिँदा र दोस्रोपटक चुच्चे नक्सा ल्याएपछि केपी ओलीलाई हटाउन लागेका हुन् ।’

आगामी वैशाखमा हुने निर्वाचन कसैले नसोचेको निर्वाचन हुने भन्दै उनले यो निर्वाचनबाट फेरि पनि केपी ओली नेतृत्वको पार्टीले जित्ने दाबी गरिन् । ‘आगामी वैशाखमा निर्वाचन हुन्छ र त्यो निर्वाचन कसैले नसोचेको निर्वाचन हुनेछ । यो निर्वाचनबाट फेरि केपी ओलीले नेतृत्व गरेको पार्टीले नै बहुमत ल्याउँछ’, उनले भनिन्, ‘कम्युनिस्ट पार्टी फुट्यो, अब जय नेपाल बाकसभी हुनेछ भनेर कसैले नसोचे हुन्छ । यस निर्वाचन पनि नेकपाले नै बहुमत ल्याउँछ ।’

वैशाखमा हुने निर्वाचनबाट गणतन्त्र खतरामा पर्ने भनेर केही पक्षले भन्दै आएको भन्दै मन्त्री अर्यालले, तर वैशाखको निर्वाचनबाट गणतन्त्रलाई खतरा नभएर प्रचण्ड–नेपाल पक्षको पद धरापमा परेको बताइन् ।

अबको जमाना प्रतिस्पर्धा, क्षमताको भएको भन्दै उनले विनाप्रतिस्पर्धा कहीँपनि पुग्न नसकिने बताइन् । त्यसकारण नेतृत्वमा आउन चाहने सबै महिलालाई समयअनुसार प्रतिस्पर्धी क्षमताको विकास गर्न उनले आग्रह गरिन् ।