भाइरल अर्जुन विक पक्राउ, उनको डेरामा पुग्दा यस्तो देखियो, घरभेटीले सुनाइन् वास्तविकता

रामेछाप खबर संवाददाता

काठमाडौं, १५ माघ ।

केही दिन अघि सम्म युट्युवरहरुका लागि सेलिब्रटी बनेका अर्जुन बिकलाई प्रहरीले गम्भिर घटनामा पक्राउ गरेको छ । श्रीमतीले छोडेर गएको भन्दै सानो दुई वर्षका छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेको भिडियो सार्वजनिक भएपछि उनी भाइरल भएका थिए । उनले श्रीमतीका बारेमा दिएको अभिब्यक्ति पनि झुटो सावित भएको थियो ।

उनी बसेको कोठामा पुगेको युट्युवरको टोलीलाई घरभेटीले तीन महिनाको भाडा पनि नदिएकोब बताएकी छन् । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) लाई १३ वर्षकी बालिकालाई ज बर ज स्ती ग रेको घटनामा पक्राउ गरिएको हो । उनले आफु पोखरा छु पछि आएर भाडाको पैसा दिन्छु भन्दै गएको घरभेटीले जनाएकी छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो। उनले काठमाडौ स्थित कोठामा तीन वर्ष सम्म किशोरीलाई कोठामा राखेको आरोप लागेको छ । उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी किशोरीलाई कैलालीवाट काठमाडौ ल्याएर कोठामा राखेको बताइएको छ।

उनले गत साउन १५ गतेसम्म किशोरीलाई डेरामै राखेर आफु सम्पर्क विहिन भएका थिए । किशोरीले गत साउन ३० गते आफु माथि घटना विवरण सहित प्रहरीमा उजुरी दिए पछि प्रहरीले खोजी थालेको थियो । घरभेटीले भने युवतीलाई आफुले पनि देखेको बताएकी छन् ।

ति युवती १३ वर्ष उमेरको जस्तो नदेखिएको पनि उनको भनाई छ । जसलाई उनले ल्याएका थिए उनलाई अर्जुनले श्रीमती भनेर चिनाएको पनि घरभेटीले बताएकी छन् । ति युवती वाहेक अन्य कुनै युवतीलाई भने आफुले नदेखेको उनको भनाई छ ।