फेरी बढ्यो सुनको मूल्य , तोलाको कती ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १४ माघ ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलाको ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ, तेजावी ९२ हजार ३ स रुपैयाँ र चाँदी १ हजार २५५ रुपैयाँ कायम गरिएको छ । मंगलबार चाँदी ५ रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुन तोलाको ९२ हजार ४ सय रुपैयाँ, तेजावी ९१ हजार ९ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

महिला लघुवित्तको चार लाख कित्ता आइपिओ आउँदै

महिला लघुवित्त वित्तीय संस्थाले आइपिओ निष्कासनको अनुमति पाएको छ । लघुवित्तले धितोपत्र बोर्डबाट हालै ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर निष्कासनको अनुमति पाएको हो ।कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सय दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।कम्पनीको आइपिओ निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ नियुक्त भएको छ ।
हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपिओ जारीपछि सो पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।