बिहानै आयो दुखद खबर,दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु

रामेछाप खबर संवाददाता

काठमाडाैँ, १४ माघ ।

काठमाडौंको दक्षिणकालीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक मकवानपुरका ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछाम घर भई काठमाडौं बस्दै आएका २८ वर्षीय गोमबहादुर बुढाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहका अनुसार थाहाखेलबाट फर्पिङतर्फ आउँदै गरेको बा३ख ६१९९ नम्बरको ट्रक हनुमाने क्षेत्रमा गएराति दुर्घटनामा परेको थियो ।

जनकपुर यातायात कार्यालयमा अख्तियारकाे छापा, घुस रकमसहित दुई जना पक्राउ

महाेत्तरी – अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महोत्तरीको टोलीले जनकपुरको यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ । गएराति करिब ६ घण्टा छापा मारेर टोलीले पौने ३ लाख बराबरको रकम सहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले दिएको जानकारी अनुसार कार्यालय सहयोगकी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराज बाट २ लाख २३ हजार ८ सय रकम र दलाल भगतबाट ५० हजार घुस रकम टोलीले बरामद गरेको हो । बिचौलिया भगतले आफू ट्याक्टरको लाइसेन्सको लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरीलाई ५० हजार घुससहित पास गरिदिने सेवाग्राहीको नामावली बोकेर पुगेको टोलीलाई बयान दिएका छन् ।

उनले गिरीलाई रकम र नामावली दिन पुगेकै बेला अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो । कर्मचारीहरुले बिचौलियाको सेटिङमा यातायात व्यवस्था कार्यालयमा घुसखोरी, भ्रष्टाचार गरिरहेको जनगुनासो छ ।