नयाँ फिल्मका लागि रेखाले घटाइन् २० किलो तौल, तर कसरी ?

रामेछाप खबर संवाददाता


नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा अब नयाँ फिल्मको तयारीमा लागेकी छिन् । केही महिनादेखी आफ्नो मोटो शरिर स्लिम बनाउनमा लागेकी रेखाले फिल्मकै लागि तौल घटाएकी छिन् । उनले केही महिनामै २० किलो आफ्नो तौल घटाएकी छिन् । पहिलेकी मोटी रेखा अहिले स्लिम भएकी छिन् । निर्देशक तथा निमात्री समेत रहेकी रेखाले अब नयाँ फिल्म बनाउदैछिन् ।

उनले आउँदो बैशाखदेखि होमप्रोडक्सनमा निर्माण हुने फिल्मलाई छायांकनमा लैजाने बताएकी छन् । रेखाले आफ्नै निदैशनमा फिल्म निर्माण गर्दैछिन् । उनले एक्सनवाला फिल्म निर्माण गर्ने बताइएको छ । उनले अहिले आफ्नो नयाँ फिल्मका लागि आफुलाई मेन्टेन गरिरहेकी छिन् ।

कोरोना संक्रमणको बेलामा जिम जान जोखिम हुने हुनाले उनले घरमै दैनिक व्यायम गर्दै आइरहेकी छिन् । केही समयदेखी ट्रेनर विज्जु पार्कीसँग अभ्यास गरेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

२६ वर्षको उमेरमा ज्यान गुमाइन् दक्षिण कोरियाकी अभिनेत्री सोङ्ग यू जङ्गले

काठमाडौं – दक्षिण कोरियाकी चर्चित अभिनेत्री तथा मोडल सोङ्ग यू जङ्ग को मृत्यु भएको छ । उनको शनिवार २६ वर्षको उमेरमा मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

उनको शनिवार नै परिवारका सदस्यहरुको उपस्थितीमा अन्तिम संस्कार गरिएको जनाइएको छ । सन् २०१३ मा ‘गोल्डन रेन्बो’ बाट अभिनय यात्रा शुरु गरेकी उनको के कारणले मृत्यु भयो भन्ने बारे खुलाइएको छैन ।
उनले धेरै टिभी सिरिज, म्युजिक भिडियो र विज्ञापनमा काम गरेकी थिइन् । उनी दक्षिण कोरियाकै चर्चित मोडलमा गनिएकी थिइन् ।