सलमान खान जब गर्लफ्रेण्डको बेडरुममा रंगेहात पक्राउ परे

रामेछाप खबर संवाददाता

मुम्बई ।

सलमान खान जति फिल्मका कारण चर्चामा छन्, त्यति नै उनको प्रेम जीवन पनि चचामा रहने गर्छ । उनको नाम संगीता बिजलानी, सोमी अली, ऐश्वर्या, क्याटरीना कैफ, युलिया बन्तुर लगायतसँग जोडिने गर्छ । ऐश्वर्यालाई छोड्ने हो भने उनी हरेक सम्बन्धलाई सामान्य रुपमा लिएका थिए । उनी आफ्नो पार्टीमा पनि सबैलाई बोलाउँथे ।

‘दशका दम’ नाम टिभी शोमा सलमान खानले एक रमाइलो किस्सा सुनाएका थिए । उनले भनेका थिए, उनी आफ्नी गर्लफ्रेण्डलाई भेट्न गर्लफ्रेण्डको घर गएका थिए । घरमा यी दुईबाहेक कोही थिएनन् । एक्कासी घरमा युवतीका परिवार आइपुगे । त्यतिबेला सलमान खान घरमा लुक्ने मौका खोजे । उनी लुक्नका लागि ठाउँ खोज्न थाले ।
लगत्तै उनी बेडरुममा भएको आलमारीमा लुके । बल्लतल्ल उनी आलमारीमा लुकेका थिए ।

सलमान खानका अनुसार आलमारीमा धूलो थियो । उनलाई हाछ्युँ आउयो । भाँडा पनि खसे । लगत्तै सलमान खान रंगे हात पक्राउ परे ।
परिवारसँग त्यस्तो कुनै लफडा पनि भएन । न त सलमान खानले आफ्नी गर्लफेन्डको नाम नै बताए ।