पुप्प र साम्राज्ञीलाई छायांकन स्थलमा बडीगार्ड !

रामेछाप खबर संवाददाता

काठमाडाैँ, १३ माघ ।

अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी शाह यतिबेला तिम्रो मेरो साथ’को छायांकनमा व्यस्त रहेका छन् । यो फिल्मको विभिन्न दृश्य काठमाडौंका विभिन्न स्थानमा भइरहेको छ ।

फिल्ममा साम्राज्ञी, पुष्पका अलवा सन्दिप क्षेत्रीको मुख्य भूमिका रहेको रहेको छ।यतिबेला उक्त फिल्मको भन्दा पनि सुटिङ स्थलमा राखिएको बडीगार्डको चर्चा फिल्मी क्षेत्रमा भइरहेको खबरहरु सार्वजनिक भएका छन् ।

फिल्मको छायांकन स्थलमा अहिले निर्माण युनिटले बडिगाड परिचालन गरेको दृश्य बाहिरिएसँगै यस्तो चर्चा चलिहरेको हो। छायाँकन स्थलम धेरै हुलमुल हुनेभएकाले निर्माण युनिटले छायाँकन बडीगार्ड राखेको बुझिएको छ। सेल्फी खिच्ने र टिकटक बनाउनेको भीड बढेसँगै बडीगार्ड राखिएको चर्चा चलिरहेको छ ।

चल्तिका कलाकार फिल्ममा भएका कारण सर्वसाधारणको भिड लागेको हुनाले नियन्त्रण गर्न बडिगाड प्रयोग गरिएको हो। फिल्मलाई रमेश एमके पौडेलले निर्देशन गरिरहेका छन्।

फिल्म निर्माण युनिटले फिल्मको ६० प्रतिशत छायाँकन सकिएको जानकारी दिएको छ । राजधानीपछि अन्य फिल्मको दृश्यका लागि पोखरा र अमेरिकामा छायांकन गर्ने निर्माण युनिटको तयारी छ।

प्रेमकथाको बिषयबस्तु उठाइएको छ। आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण भएको फिल्ममा सबिर श्रेष्ठको पटकथा र सम्बाद रहेको छ । फिल्मको गीत निर्देशक आफैले लेखेका छन्।

फिल्ममा बडिगार्ड राखेको सम्भव त पहिलो पटक भने होइन । नेपाली फिल्ममा चर्चाका लागि पनि बडिगाड राख्ने गरेका छन् भने कतिले त लिएर नै हिड्ने गरेका छन्। त्यस कारण नेपाली फिल्मका लागि बडिगाड प्रयोग गरिएमा यो नौलो कुरा भने होइन । अभिनेता अनमोल केसी देखि लिएर अन्य कलाकारहरु फिल्मको प्रिमिएरमा बडिगार्ड सहित हिड्ने गरेका थिए ।

उनीहरु हलमा फिल्म चलाउनका लागि पनि कलाकार फ्यान बटुुल्न गरिने फण्डा रहेका थिए। बडिगाड राख्दा कलाकारको लोकप्रिय देखाउन पनि बडिगाड लिएर हिड्ने गरेका छन् ।