बरुण धवनले कसे लगनगाँठो, विवाहमा आएका यस्ता जन्तीलाई फिर्ता पठाइयो

रामेछाप खबर संवाददाता

एजेन्सी ।

बलिउड नायक वरुण धवनले आइतवार विवाह गरेका छन् । उनले प्रेमिका रहेकी फेसन डिजाइनर नताशा दलालसंग विवाह गरेका हुन् । मुम्बईमा भएको विवाहमा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड अपनाइएको थियो ।

वरुण धवन आफैंले सोसल मिडियामा विवाहको तस्बिर सार्वजनिक गरेर त्यसवारे जानकारी दिएका छन् । उनले क्याप्सन लेख्दै, जीवनभरीको प्रेम आधिकारिक भएको उल्लेख गरेका छन् । उनीहरुले विवाह गरेको स्थल मेन्शन हाउसमा क्यामरा र मिडियामाथि कडा प्रतिबन्ध लगाइएको थियो ।

विवाहबारे समाचार संकलन गर्न पुगेका मिडियाकर्मीलाई भित्र जान दिइएन उनीहरुलाई वरुणले खानाको प्याकेट पठाएका थिए ।

फेब्रुअरी २ तारिखमा मुम्बईको जेडब्ल्यू म्यारियटमा रिसेप्सन हुनेछ । भारतीय मिडियामा प्रकाशित खबरका अनुसार यी नवविवाहित जोडी हनिमूनका लागि टर्की जाने छन् ।

नताशा फेसन डिजाइनर हुन् । उनले आफ्नो विवाहका लागि आफैंले डिजाइन गरेको पहिरन लगाएको भारतीय मिडियाले जनाएका छन् ।

कोरोना कालमा भइरहेको विवाहमा सं’क्रम’णको शून्य जोखिम होस् भन्नका लागि मेन्सन हाउसको प्रवेशद्वारमा नै पाहुनाका लागि कोभिड परीक्षण गरियो । ई–टाइम्सको रिपोर्ट अनुसार जसको परीक्षण गर्दा पोजेटिभ आयो, उनीहरुलाई फिर्ता पठाइयो ।