सलमान खानको नयाँ प्रेमिका प्रज्ञा जयसवाल

रामेछाप खबर संवाददाता

काठमाडाैँ, ११ माघ ।

साउथका धेरै चलचित्रमा अभिनय गरेर प्रसिद्धि कमाएकी जयसवालले बलिउडमा डेब्यू गरेको फिल्ममा खानको प्रेमिकाको भूमिका निभाउन लागेकी हुन्।
सार्वजनिक भएको टिजरमा देखिएअनुसार खानले फिल्ममा एउटा शिख पुलिसको भूमिकामा अभिनय गर्दै छन्।

काठमाडौं। सुटिङ भइरहेको भारतीय फिल्म ‘अंतिम: द फाइनल ट्रूथ’मा साउथ इन्डियन अभिनेत्री प्रज्ञा जयसवाल सलमान खानको प्रेमिका बनेकी छिन्।
साउथ इन्डियन धेरै चलचित्रमा अभिनय गरेर प्रसिद्धि कमाएकी जयसवालले बलिउडमा डेब्यू गरेको फिल्ममा खानको प्रेमिकाको भूमिका निभाउन लागेकी हुन्।

भारतीय सञ्‍चारमाध्यमहरूले बताएअनुसार उक्त फिल्म खान र आयुष शर्माले बनाउन लागेका हुन्। सुटिङ भइरहेको फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ। टिजरमा देखिएअनुसार खानले फिल्ममा एउटा शिख पुलिसको भूमिकामा अभिनय गर्दै छन्।

नयाँ फिल्मका लागि तौल घटाइन रेखाले

अभिनेत्री, निर्देशक तथा निमात्री रेखा थापा नयाँ फिल्मको तयारीमा जुटेकी छन्। अभिनेत्री एवं निर्मात्री थापाले आउँदो बैशाखदेखि होमप्रोडक्सनमा निर्माण हुने फिल्मलाई छायांकनमा लैजाने बताएकी छन् । निर्देशक रेनशा राइसँगको फिल्म निर्माण गर्ने हल्ला फिँजाए पनि अहिलेलाई थाँती राखेर रेखा आफ्नै निर्देशनमा फिल्म निर्माण गर्ने भएकी छन्।

एक्सनवाला फिल्म निर्माणमा जुटेकी रेखा अहिले गृहकार्यमा ब्यस्त रहेकी छन्। उनले यसै फिल्मका लागि रेखा २० किलो तौल अटाएको समाचार बाहिरिएको छ। निर्माता , कलाकारका अलवा स्क्रिप्ट लेखकका रुपमा आफै लागि परेकी छन्। बैशाखबाट छायांकनमा जाने फिल्मको अभिनेता अहिले रेखाले गोप्य राखेकी छन्। उनले फिल्ममा नयाँ हिरो लिने बुझिएको छ।
सम्बन्धित समाचार…

लकडाउनको समयमा नै फिल्म बनाउन तम्सिएकी रेखा प्रशिक्षक राखेरै एक्सन कला सिकिरहेकी थिइन् । अहिले पनि उनी आफुलाई नयाँ फिल्मका लागि मेन्टेन गरिरहेकी छन्। लकडाउनको सममयमा रेखाको फिल्ममा रेनशा राईले निर्देशन गर्ने भन्दै कागजी अनुबन्धित गरिएको थियो। तर पछिल्लो समय यो फिल्मको निर्माणमा ढिलाइ हुने जानकारी बाहिरिएको छ ।