न्युज २४ छोडेपछि के गर्दैछन रवि? ज्वा’लाले खोलिन रविको भित्रि योजना

रामेछाप खबर संवाददाता

काठमाडाैँ, ११ माघ ।

लाेकप्रिय सञ्चारकर्मी रवि लामिछाने प्रस्तोता रहेको न्यूज ट्वान्टी फरबाट सातामा ३ दिन प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम बन्द हुने भएको छ । प्रस्तोता रवि लामिछानेले टेलिभिजन नै छाड्ने निधो गरेपछि सो कार्यक्रम बन्द हुन लागेको हो । ह’ल्ला धेरै दिन देखि चलिरहेको भएता पनि आज बल्ल फेसबुकमा एक स्टाटस लेख्दै रविले औपचारिक जानकारी दिएका हुन् ! रविको पोष्ट यस्तो छ!

भोलि प्रशारण हुने कार्यक्रमसँगै NEWS 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौ। यो साथ,सहयोग र अवसारकालागि सम्पुर्ण NEWS 24परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशी ज्यु तथा निर्देशक अदिश जोशी ज्यु प्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरि मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पुर्ण वेलकम ग्रुप प्रति विशेष आभार व्यक्त गर्दछु। -रवि लामिछाने

यसै विच सामाजिक अभियन्ता ज्वा’ला संग्रौलाले रविको भावी योजना बारे जानकारी दिएकी छन् ! न्युज २४ छोडेर रवि के गर्दैछन भन्ने कुराले उनका समर्थक बीच अ’न्योलता थपिएको छ! यसैबीच ज्वा’लाले रविसंग भेट गरेको फोटो पोष्ट गर्दै रविको भावी योजना बारे जानकारी दिएकी हुन्! ज्वा’लाका अनुसार रविको टिमले अबको केहि समयमै अर्को नयाँ टेलिभिजन खोलेर काम गर्ने बुझिएको छ! ज्वा’लाले दिएको जानकारी यस्तो छ!

News 24 छोडेपछि अब रबिदाईहरुले के गर्नुहुन्छ भनेर धेरैको जिज्ञासा रहेकोले जानकारी स्वरुप केहि लेख्दै छु :

सीधा कुरा जनतासंगको कार्यक्रमले यो मुलुकको संचार जगतमा एउटा नयां प्रयोग सहितको इतिहास रचेको कुरा सबैलाई थाहा छ ! एउटा टेलिभिजन कार्यक्रमले जति दिनु पर्थ्यो, त्यो भन्दा हजार गुणा बढि दियो! संचारकर्मी भनेको समाचार भन्ने र सुचना पढ्ने मात्रै हो भन्ने परम्परागत सोचको पर्खाललाई भ’त्काएर यो कार्यक्रमले नयां ढंगले देश बिदेशभरि लोकप्रियता पायो ! अधिकांस टेलिभिजनका प्रस्तोताहरुले सुकिला मुकिला नेता ब्यापारी, उधोगपति र धनीमानीहरु तिर क्यामेरा फर्काउदै गर्दा सीधा कुराले भने जनताका खाली खुट्टा रित्तो भांडो भो’को पेट र चु हिने छानोलाई प्राथमिकताको सुचिमा राख्यो।

लु’टिएका ठ’गिएका हे’पिएका र चे’पिएकाहरुलाई न्याय दिन कहिले पुलिस जस्तो बन्यो त कहिले न्यायालयको काम गर्यो! आवाजबिहिन हरुको बलियो आवाज बन्यो! त्यहि भएर जो अन्या’यमा पर्यो उस्ले सीधा कुरालाई यो देशको सरकार भन्दा बढि प्रभावकारी देख्यो! तसर्थ यो कार्यक्रम बन्द भएकोमा धेरैजना दुखी हुनु भएको छ ! तर कृपया दु’ख नमान्नु होला साथीहरु !

किनकी रबिदाइ दिपक दाईहरु बैसाख बाट नया प्रबिधि युक्त आफ्नै टेलिभिजन च्यानल मार्फत झन् बु’लन्द आवाज लिएर आउदै हुनुहुन्छ र सीधा कुरा भन्दा अझ प्रभाबकारी ढंगले ७७ वटै जिल्लामा छाउदै हुनुहुन्छ !! अब हामी वहाहरुलाई आफ्नै नया टेलिभजन च्यानल मार्फत देख्न पाउने छौं! #अग्रिम बधाई तथा शुभकामना आदरणीय दाईहरु! हामी हजुरहरुको साथमा संधैभरी रहिरहने छौं !