भारी मात्रामा घट्यो सुनको भाउ, तोलाको कती ?

रामेछाप खबर संवाददाता

काठमाडाैँ, ११ माघ ।

नेपाली बजारमा आइतबार सुन मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन भने प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

३० हजार बढीले पाए कोरोना बीमा दाबीको भुक्तानी

काठमाडौं – कोरोना बीमामा हालसम्म ३० हजार भन्दा बढी बीमितले रकम भुक्तानी पाएका छन् ।बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघ ९ गते शुक्रबारसम्म ३० हजार २७० जना बीमितले कोरोना बीमाको रकम पाएका हुन् ।

यस अवधिमा ३० हजार २७० जना बीमितलाई दुई अर्ब ९४ करोड ७३ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ ।

समितिका अनुसार माघ ९ गतेसम्म कारोना बीमामा ५७ हजार ७६२ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका

तीन हजार १८ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । आठ हजार ९७१ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।