सनी लियोनीलाई पछि पार्दै एक नम्बरमा प्रियंका !

रामेछाप खबर संवाददाता

काठमाडौं, ९ माघ ।

लकडाउनका कारण दर्शकले मनोरञ्जन क्षेत्रका कलाकारलाई बारम्बार गुगलमा सर्च गर्ने गर्छन् । हालै सार्वजनिक एक रिपोर्ट मा बलिउडमा सबैभन्दा सर्च गरिने सेलिब्रेटीको सूची प्रस्तुत गरिएको छ ।

रिपोर्टका अनुसार गुगलमा सबैभन्दा खोजी गरिनेमा पहिलो नम्बरमा प्रियंका चोपडा रहेकी छिन् । पहिले सनी लियोनीलाई सबैभन्दा बढी खोजी गरिएको नतिजा सार्वजनिक भएको थियो ।

यो पढ्न छुटाउनु भयो कि
काला जातीलाई समर्थन गर्दा ट्रोलको शिकार बनिन् प्रियंका
यी पाँच चलचित्र जस्ले अभिनेतालाई जिरोबाट हिरो बनाइदियो
गोजीमा २ सय रुपैयाँ नभएर भौतारिएका अक्षय सर्वाधिक कमाई गर्ने कलाकारको सूचिमा परे
प्रियंकालाई ३९ लाखपटक खोजी गरिएको जनाइएको छ । यस्तै दोस्रो नम्बरमा सनी लियोनी छिन् । उनलाई ३१ लाखपटक खोजी गरिएको रिपोर्टमा उल्लेख छ ।

प्रियंका चाेपडा र सन्नी लियाेन : तस्विर इन्स्टाग्राम
धेरै खोजिने बलिउड अभिनेत्रीमा क्याटरीना कैफ छिन् । उनलाई १९ लाखपटक इन्टरनेटमा खोजिएको छ । त्यसपछि दीपिका पादुकोण, आलिया भट्ट, दिशा पटानी, सारा अली खान, करीना कपूर खान, श्रद्धा कपूर र रश्मिकालाई खोजी गरिएको उक्त रिपोर्टमा उल्लेख छ ।

त्यस्तै पुरुष सेलिब्रेटीतर्फ सबैभन्दा धेरै खोजिनेमा सलमान खान छन् । उनलाई २१ लाखपटक खोजी गरिएको छ भने ऋतिक रोशनलाई १३ लाखपटक खोजिएको छ । यस्तै रोहित शर्मा, अल्लु अर्जुन, शाहरुख खान, टाइगर श्राफ पनि इन्टरनेटमा सर्वाधिक खोजिएको सुचिमा छन् ।