दुई पेनाल्टी मिस गरे पनि जित बार्सिलोनाकै

रामेछाप खबर संवाददाता

काठमाडौं, ९ माघ ।

बार्सिलोनले ३९ औं र ८० औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्न नसेपछि निर्धारित समयमा दुवै टिमले गोल गर्न सकेनन्। गोल गर्न नसकेपछि स्पेनिस जायन्ट बार्सिलोना दोस्रो डिभिजनअन्तर्गत सेकुन्डा लिगको कोर्नेला टिमसँग बराबरीमा रोकियो। नकाउट प्रतियोगितामा दुवै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त ३० मिनेट लम्बिएको थियो।

अतिरिक्त समयको ९२ औं मिनेटमा गोल गर्दै डेम्बेलेले बार्सिलोनाका लागि सुरुआति अग्रता बनाए। डेम्बेलेका लागि पेड्रीले पास उपलब्ध गराएका थिए।

त्यस्तै, मार्टिन ब्रेथवेटले अतिरिक्त समयको इन्ज्युरी टाइममा गोल गर्दै बार्सिलोनालाई २–० गोलअन्तरको सहज अवस्थामा पुर्याए।
यसबीच खेलको ११८ औं मिनेटमा कोर्नेलाका अल्बर्ट फर्नान्डेस रातो कार्ड खाँदै बाहिरिएका थिए।

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल हुँदै

काठमाडौँ- प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज पनि दुई खेलहरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा हुने खेलमा उपाधि दाबेदार ठानिएको बागमती प्रदेशले प्रदेश-२ को सामना गर्दैछ । खेल बिहान ९ बजे सुरु हुनेछ ।

प्रदेश-२ विरुद्ध मैदान उत्रदा बागमती लगातार तेस्रो जितको खोजीमा हुनेछ । बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो । प्रदेश-२ भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा प्रदेश-२ लुम्बिनीसँग पराजित भएको थियो ।

यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कर्णाली प्रदेश र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ । कर्णाली दोस्रो जितको खोजीमा रहेको छ । प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश-१ भने पहिलो जितको खोजीमा छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।