“ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने “: अध्यक्ष माधवकुमार नेपाल

रामेछाप खबर संवाददाता

काठमाडौं, ९ माघ ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् ।

बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् ।

‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भए,’ नेपालले भने, ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’

उनले थपे, ‘तीनदिन अगाडी बालुवाटारमा चिटी पठाएर स्पष्टिकरण मागेका थियौं, ओलीले जवाफ दिने आँट गरेनन्, आजै चिठी लेखेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साधारण सदस्य समेत नरहने गरी केपी ओलीलाई निस्कासन गर्दैछौं ।

शीतलहरका कारण बुटवलका विद्यालय बन्द

९ माघ, बुटवल । शीतलहरका कारण अत्यधीक चीसो बढेपछि अत्याधिक बढेपछि तीन दिनसम्म विद्यालयहरु बन्द गर्न बुटवल उपमहानगरपालिकाले निर्देशन दिएको छ ।

बिहीबार विहानदेखिको शीतलहर र अत्यधिक चिसोका कारण लुम्बिनी प्रदेशका तराई क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ ।

चिसो बढेसँगै विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र पढाइ प्रभावित हुने भएकाले बुटवल उपमहानगरपलिकाले माघ ९ देखि माघ ११ गतेसम्म विद्यालय बिदा गर्न निर्देशन दिँदै सो बिदा स्थानीय बिदाबाट कटौती गर्न भनेको छ ।

सामाजिक विकास मन्त्रीको अपील

यसैबीच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले चिसोबाट सावधानी अपनाउन अनुरोध गरेका छन् । अत्यधिक चिसोको कारण गर्भवती तथा सुत्केरी महिलाहरु, नवजात शिशु, बालवालिका, अपाङ्गता भएका व्यक्तिहरु, दप्र्घरोगी, जेष्ठ नागरिक, असहाय, अनाथ, अति विपन्न तथा सिमान्तकृत समूहका मानिसहरु बढी प्रभावित हुने भएकाले चिसोबाट बच्न न्यानो कपडा लगाउन, अनावश्यक रुपमा घर बाहिर ननिस्कन समेत आग्रह छन् ।

एक अपिल जारी गर्दै मन्त्री बरालले चिसोले शरीरमा केही समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा जान समेत भनेका छन् ।

चिसो र शीतलहरबाट प्रभावित समुदायलाई सहयोग वितरण भइरहेको जानकारी दिंँदै उनले अरु पनि जोखिमयुक्त समुदायको पहिचान गरी आवश्यक सहयोग गर्न सरकारी संयन्त्र तथा गैरसरकारी संस्थाहरुसँग समेत अपिल गरेका छन् ।