चन्द्रागिरि हिल्सको आईपीओ आज बाँडफाँट हुँदै, ९ जनामध्ये १ जनाले मात्रै सेयर पाउने

रामेछाप खबर संवाददाता

काठमाडौं, ९ माघ ।

चन्द्रागिरि हिल्सको आईपीओ शुक्रबार बाँडफाँट हुँदैछ । शुक्रबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा सो आईपीओको बाँडफाँट हुन लागेको जनाइएको छ ।

कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । त्यसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लगानीकर्तालाई छुट्याएर १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिएको थियो । यसअनुसार १ लाख ३९ हजार ६ सय २ जनाका लागि यो आईपीओ बाँडफाँट हुनेछ ।

हाल यो सेयरका लागि १२ लाख १५ हजार १ सय १५ जना आवेदकले २ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयरका लागि आवेदन दिएका छन् । कुल सेयर संख्या र आवेदकका आधारमा ११.४९ प्रतिशतले मात्रै यो सेयर प्राप्त गर्न सक्छन् । अर्थात् आईपीओ भर्ने ९ जनामध्ये १ जनाले मात्रै यस्तो सेयर प्राप्त गर्न सक्छन् ।

केवलकार सेवा प्रदायक क्षेत्रमध्ये पहिलो आईपीओ निष्कासन गरेको चन्द्रागिरिले यसअघि चुक्ता पुँजीको २ प्रतिशतले हुन आउने सेयर स्थानीयवासीका लागि वितरण गरिसकेको छ ।

खोप लगाउनलाई मात्र ६२ करोड रूपैयाँ खर्च लाग्ने

भारतले अनुदानमा बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्‍याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

६ हजार ८ सय सरसफाइकर्मीले खोप पाउने भएका छन् । ५२ हजार स्वास्थ्य स्वयंसेविका भनिए पनि अहिले यो संख्या कम देखिएको छ,’ मन्त्रालयका अर्का अधिकारीले भने, ‘हालसम्म प्राप्त तथ्यांकअनुसार २ लाख २० हजारभन्दा बढी व्यक्तिलाई खोप लगाइनेछ । यो संख्या बढ्न पनि सक्छ ।’

भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोपको प्रयोग र व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६२ करोड रुपैयाँ अर्थ मन्त्रालयसँग मागेको छ । स्वास्थ्य मन्त्रालयको पत्रअनुसार शुक्रबार उक्त बजेट निकासा दिइने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

ढुवानी, भण्डारण, खोप लगाउने व्यक्तिहरूको तथ्यांक संकलन, लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम र खोप वितरणका लागि उक्त बजेट आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।