यसरी आउंदैछ भारतबाट कोरोनाविरुद्धको खोप नेपालसम्म

रामेछाप खबर संवाददाता

काठमाडौं, ८ माघ ।

भारतले नेपालका लागि दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप आज नेपाल आईपुग्दैछ । भारत सरकारका अनुसार नेपालको लागि छुट्याइएको खोप आज बिहान एयर इन्डियाको जहाजमा लोड गर्न सुरु गरिएको छ ।

भारतीय विदेश मन्त्रालयले आधिकारिक फेसबुक पेज मार्फत तस्विरहरु सार्वजनिक गर्दै खोप लोड गरिएको र अब नेपाल तर्फ उड्न तयारी रहेको जानकारी दिएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमणका क्रममा भारतले नेपाललाई खोप सहयोग गर्ने जनाएको थियो ।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला, प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्दै

काठमाडौं । आज प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला हुँदैछ । बिहान ११ बजे राष्ट्रिय सभागृह काठमाडौंमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला कार्यक्रम
हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका हुन् ।

भेलामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताएका छन् । सो कार्यक्रममा देशभरिबाट सहभागी हुन आउन पनि अपिल गरिएको छ ।