सेल्सम्यानका छोरा बाइडेन कसरी बने विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति ?

रामेछाप खबर संवाददाता

वासिङ्टन।

विश्वले उदाउँदो सूर्यलाई नमस्कार गर्छ । आज जो बाइडेन विश्वकै उदाउँदा सूर्य हुन् । बाइडेनले अमेरिकाको राष्ट्रपति पदको शपथ लिएरहँदा आज उनको बारेमा जान्नका लागि मानिसको मनमा उत्सुकता बढिरहेको छ । एक साधारण मध्म वर्गीय परिवारबाट विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति बन्नेसम्मको यात्रा निकै लामो तथा उतारचढाबले भरिपूर्ण रहेको छ ।

एक साधारण कार सेल्सम्यानका छोरा
जो बाइडेनको जन्म १९४२ को नोभेम्बर २० मा स्क्र्यानटन पेन्सिलभेनियामा एक आइरिश क्याथोलिक परिवारमा भएको थियो । जब उनी १० बर्षका थिए, उनको परिवार न्यू क्यासल गए, जहाँ उनका पिताले एउटा कार सेल्सम्यानको काम गरे । त्यहाँ बाइडेनको परिवार दुई वटा कोठामा बस्थे, जहाँ उनका आमा–बुबा र चार जना भाई–बहिनी बस्थे । त्यहिँ बाइडेनको पढाई पूरा भयो । सन् १९६१ देखि १९६५ को बीचमा बाइडेनले यूनिभर्सिटी अफ डेलावेयरबाट इतिहास र राजनीतिशास्त्रमा स्नातक तह उत्तिर्ण गरे ।

२९ वर्षकै उमेरमा बने सिनेटर
त्यसपछि बाइडेन सिराक्यूज यूनिभर्सिटी अफ ल पढ्न गए, जहाँ उनी १९६८ मा जूरिस डाक्टर भए । जूरिस डाक्टरको डिग्री अमेरिकामा कानूनको सबैभन्दा ठुलो डिग्री मानिन्छ, जसले एउटा प्रोफेशनल पहिचान पनि प्राप्त हुन्छ । त्यसको एक वर्षपछि नै बाइडेन डेलवेयर बारमा सहभागि भए । वकालतको अभ्यासको क्रममा बाइडेन राजनीति क्षेत्रतर्फ आकर्षित भए । सन् १९७२ मा केवल २९ वर्षको उमेरमा नै सिनेटरका लागि छनोट भए । सिनेटमा उनी १९७३ देखि २००९ सम्म रहे । बाइडेन डेलवेयरको इतिहासमा सबैभन्दा लामो समयसम्म रहने अमेरिकी सिनेटर बने । उनी सिनेट जुडिसरी कमिटिको चेयरम्यान पनि रहे । त्यसपछि उनी सिनेट फरेन रिलेशन्स कमिटिको पनि चेयरम्यान रहे ।

जब सफलताले खोस्यो सबैथोक

जुन समयमा बाइडेनको जिन्दगीमा सफलताले कदम चुम्यो, ठिक त्यही समयमा दु:खले पनि उनको जीवनमा प्रवेश गर्‍यो । १९७२ मा जब उनी सीनेटका लागि छानिए, त्यसको एक हप्तापछि नै उनले आफ्नी पहिली श्रीमती नीलिया र छोरी नेयोमीलाई एउटा कार दुर्घटनामा गुमाउनु पर्यो । उनले पहिलो सीनेटको कार्यकालको शपथ पनि अस्पतालको कोठाबाट लिएका थिए, जहाँ उनका दुई नवजात शिशुहरु भर्ना भएका थिए । ती शिशुहरु कार दुर्घटनामा बाँच्न सफल भएका थिए ।

संघर्षपूर्ण रह्यो राष्ट्रपति पदको होड
१९८७ मा उनले पहिलो पटक राष्ट्रपति पदका लागि अभियान शुरु गरे तर त्यो अभियान धेरै लामो समयसम्म चल्न सकेन । उनी माथि बेलायतका राजनेताको भाषण चोरेको आरोप लागेको थियो । १९८८ मा बाइडेनले गम्भिर दिमागी रोगको सामना गर्नु पर्यो । तयसबाट उनी धन्न बाँचे । ह्वाइट हाउस क्याम्पेनले उनको ज्यान लिन सक्ने कुरा डाक्टरहरुले बताएका थिए । २००८ मा पनि बाइडेनले पार्टीमा नोमिनेशनका लागि अभियान चलाए, तर धेरै सपोर्ट प्राप्त हुन नसकेकाले उनले आफ्नो मन परिवर्तन गरे । अन्त्यमा जब बाराक ओबामा अमेरिकाको राष्ट्रपति बने, तब बाइडेनलाई ओबामाको दाइने हात बन्ने मौका प्राप्त भयो ।

त्यसपछि सुरु भए दु:खका दिन

मे २०१५ मा उनका जेठा छोरा बियू बाइडेनको ब्रेन क्यान्सरका कारण निधन भयो । उक्त घटनाले जो बाइडेनलाई भित्रैबाट कमजोर मात्रै बनाएन, उनको राजनीतिक करियर समेत रोकिन पुग्यो । त्यसको पाँच वर्षपछि बाइडेनले पुन: राजनीतिक करियरमा पुनरागमन गर्ने हिम्मत जुटाए । यही कारणले हो उनी आफ्ना भाषणहरुको क्रममा आफ्ना समर्थकहरुलाई हेल्थकेयर तथा क्लाइमेट चेञ्जका लागि थुप्रै वाचा गरेका छन् । उनले के भनेका छन् भने बाराक ओबामाको समयमा २००९ देखि २०१७ सम्म हेल्थकेयरमा जे–जे कामहरु भए, उनले तीनलाई अघि बढाउने छन् ।

बाइडेन अब मध्यम वर्गीय जो होइनन्

जो बाइडेनलाई उनका आफ्ना नजिकका मानिसहरु ‘मिडिल क्लास जो’ अर्थात मध्यम वर्गीय जोको नामले सम्बोधन गर्छन् । तर, अब उनी मध्यम वर्गीय व्यक्ति रहेनन्, विश्वकै सबैभन्दा शक्तिशाली देशको राष्ट्रपति हुन् र आजको मितिमा एक मिलिनेयर हुन् । २०२० मा निर्वाचन प्रारम्भ हुनुभन्दा अघि उनले आफ्नो जुन सम्पत्तिको खुलासा गरेका छन्, त्यस अनुसार फोब्र्सको के अनुमान छ भने उनीसंग ९ मिलियन डलरको सम्पत्ति छ ।

ओबामा शासनमा थिए उपराष्ट्रपति

यसअघि जो बाइडेन ओबामाको शासनमा उप–राष्ट्रपति थिए, त्यसअघि उनी १९७३ देखि २००९ सम्म सीनेटर थिए । सीनेटरको रेकर्ड अनुसार त्यसक्रममा उनको तलब वार्षिक ४२ हजार ५०० डलरबाट बढेर वार्षिक १ लाख ७४ हजार डलर भएको थियो । जब उनी उप–राष्ट्रपति बने, त्यो बेला उनको तलब बढेर वार्षिक २ लाख ३० हजार अमेरिकी डलर पुग्यो ।

यति छ सम्पत्ति

सिबिएसका अनुसार नोभेम्बर २००९ मा जो बाइडेनको कुल सम्पत्ति केवल ३० हजार डलर थियो । उप–राष्ट्रपति पदको कार्यकाल समाप्त गरेपछि उनले जुलाई २०१९ मा आफ्नो वित्तीय सम्पत्तिहरुको खुलासा गरेपछि के थाहा भयो भने २०१७–१८ मा जो बाइडेन र उनकी श्रीमतीको कुल सम्पत्ति १५ मिलियन डलर बढेको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।