काठमाडौं, ७ माघ ।
मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा बंगलादेश र आसपास बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ भने पश्चिमी र मध्य तराईका अधिकांश स्थानमा हुस्सुरकुहिरो लागेको छ।
आज राति प्रदेश नं १ का पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भेगमा एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले अघि साँझ ६ बजे जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ-