केही दिनमै आउँदैछ कोरोना विरुद्धको भारतीय खोप, यस्तो छ तयारी

रामेछाप खबर संवाददाता

काठमाडौं, ७ माघ ।

भारत सरकारले नेपाललाई सहयोगस्वरूप दिने प्रतिबद्धता गरेअनुसारको कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप केही दिनमै नेपाल भित्रिने भएको छ ।अन्य विदेशी मुलुकबाट खोप कहिले आउने भन्ने अन्योल चिर्दै छिमेकी मुलुकबाट सबैभन्दा पहिले खोप आउने सुनिश्चित भएको छ ।

पत्रपत्रिकाबाट

भारत सरकारले त्यसका लागि प्रक्रिया सुरु गरिसकेको भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले जानकारी दिनुभयो । ‘अबको केही दिनमा नै भारत सरकारका तर्फबाट नेपाललाई प्रदान गरिने खोपको घोषणा गरिँदैछ, त्यसपछि पहिलो चरणको खोप नेपाललाई पठाउने छ’, उहाँले भन्नुभयो । नेपाललाई दिने खोपको घोषणालगत्तै खोप ढुवानीको अन्य प्रक्रिया सुरु हुने उहाँले स्पष्ट पार्नुभयो ।

राजदूत आचार्यका अनुसार निकटको छिमेकी मुलुकको नाताले पनि भारतबाट खोप नेपाल भित्तायउने सवालमा निकै राम्रो प्रगति भएको छ ।
भारतबाट आउने खोपको केही मात्रा अनुदानको हुनेछ भने अन्य खरिद प्रक्रियाअनुसार हुने सम्भावना रहेको छ ।नेपालको कुल जनसङ्ख्यालाई पुग्ने खोप भारतबाटै ल्याउन पहल भइरहे पनि पहिलो चरणमा कुल जनसङ्ख्याको तीन प्रतिशत खोप भारतबाट आउनेछ ।

राजदूत आचार्यले खोप नेपाल भित्राउनका लागि खोपको अन्तिम परीक्षण चलेकै बखतदेखि पहल थाल्नुभएको थियो । जसका लागि त्यहाँस्थित खोप निर्माता तथा स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग संवाद गरेर नेपालमा खोप भित्रायाउने वातावरण बनाउनु भएको थियो । भारत बायोटेकले कोभिड–१९ विरुद्धको खोप विकास गरेको हो । भारतबाट आउने भनिएको ४० प्रतिशतमध्ये पहिले तीन, त्यसपछि १७ र अन्तिममा २० प्रतिशत खोपको मात्रा भारतबाट ल्याइने योजना छ ।

भारतबाट आउनेमध्ये विश्व स्वास्थ्य सङ्गठन ९डब्लूएचओ०ले अनुदानमा दिने भनेको कोभ्याक्स अनुदानअन्तर्गत पनि केही मात्रा पर्नेछ ।जसअनुसार २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप अनुदानअन्तर्गत नेपालले पाउनेछ । भारतबाट खोप नेपाल ल्याउँदा ढुवानी खर्चसमेत कम पर्ने र खोपको मात्राको मूल्य पनि कम पर्नेछ ।

नेपालको खोप भण्डारण क्षमतासँग समेत मेल खाने हुनाले पनि यो खोप सहज भण्डारण हुनेछ ।
जसका लागि दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्मको तापक्रमको भण्डारण क्षमता अनुकूल हुनाले पनि भारतबाट आउने खोपका लागि नेपाल सरकारले प्राथमिकतामा राखेको छ ।

भारतमा भने यतिबेला जोखिमको अग्रपङ्क्तिमा रहेकालाई धमाधम खोप लगाउने काम जारी रहेको गोरखपत्रले प्रकाशित गरेको समाचारमा उल्लेख गरिएको छ ।