अमेरिकी सभामुख पेलोसीको ल्यापटप चोरेर रुसलाई बेच्न खोजिएपछि!

रामेछाप खबर संवाददाता


अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको ल्यापटप चोेरेर रुसलाई बेच्न खोजेको आरोपमा एक महिला अनुसन्धानको घेरामा परेकी छिन्।

अमेरिकी संचारमाध्यम पोलिटिकोका अनुसार गत जनवरी ६ मा ट्रम्पका समर्थकले संसद भवनमा तोडफोड मच्चाउने क्रममा सभामुख पेलोसीको ल्यापटप चोरी भएको थियो।

पेन्सिल्भेनियाकी महिला रिले जुन विलियम्समाथि ल्यापटप–हार्डड्राइभ चोरीको आरोप लागेको हो।
विलियम्सले पेलोसीको अमेरिकी दस्तावेजसहितको ल्यापटप अथवा हार्डड्राइभ रुसलाई मोटो रकममा बेच्ने योजना बनाएको समाचारमा जनाइएको छ।

हाल अमेरिकाको संघीय अनुसन्धान एजेन्सी एफबीआइले यस विषयमा अनुसन्धन गरिरहेको बताइएको छ। हालसम्म उनलाई प्रहरीले हिरासतमा लिएको छैन।
उनी फरार भएको आशंका गरिएको छ। पोलिटिकोका अनुसार विलियम्स आफ्नी आमासँग विदा मागेर केहीहप्ता बाहिरै बस्ने भनेर घरबाट हिँडेकी छिन्। एससीएमपी

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।