यी व्यक्तिको नाममा छ सबेभन्दा धेरै ट्याटू बनाउने रेकर्ड !

रामेछाप खबर संवाददाता

काठमाडौं ।

हरेक मानिसको आफ्नो आफ्नो शौख हुन्छ । आफ्नो शौखलाई पूरा गर्नका लागि मानिस हद नै पार गर्न पनि पछि पर्दैनन् । यसैबीच एक व्यक्ति यस्ता पनि छन् ।

जसले शरीरमा पूरै ट्याटू खोपाएका छन् । उनले शरीरमा सबैभन्दा धेरै ट्याटू खोपाएको रेकर्ड समेत आफ्नो नाममा राखेका छन् । उनको नाम रहेको छ । लकी डायमण्ड रिच । उनको जन्म न्यूजिल्याण्डमा भएको थियो ।

सोसल मिडियामा उनका फोटोहरु अत्याधिक भाइरल बनिरहेका छन् । गिनिज बुक अफ दी वर्ल्ड रेकर्डका अनुसार उनले ट्याटू पूरै शरीरमा खोपेका छन् ।

घाम ताप्नुका फाइदै फाइदा !

जाडोमा घाम ताप्न सबैलाई मन लाग्छ । घामले न्यानो गर्ने मात्र नभई शरीरलाई फाइदा पनि गर्छ ।
मधुमेह र मुटुरोग भएकाहरूलाई घाम ताप्दा निकै फाइदा हुन्छ । घामले शरीरमा रगत जम्ने समस्या हटाइदिन्छ र शरीरमा रक्तप्रवाह सही तरिकाले हुन्छ ।

हाड वा जोर्नीमा पीडा छ भने घाममा बस्ने गर्नुस् । घाम तापेर बस्दा शरीरलाई भरपूर भिटामिन प्राप्त हुन्छ र यसले हाड बलियो बनाउँछ । शरीरको दुखाइ पनि निको हुन्छ ।

शरीरको कुनै भागमा फंगल इन्फेक्सन भएमा पनि घाममा बस्ने सल्लाह दिइन्छ । घामले छालाका अन्य समस्या पनि हटाउँछ ।
सूर्यका किरणले रोगप्रतिरोधक क्षमता बलियो बनाउँछन् । यसले अनेकौं रोग हटाउँछ ।

घामले शरीरमा मेलाटोनिन हर्मोन उत्पन्न गराउँछ । राम्रो निद्राका लागि त्यो हर्मोन आवश्यक हुन्छ । यसले मानसिक तनाव पनि कम गराउँछ ।