विवाह गर्दै टिभीकी नागिन मौनी, यी हुन भाग्यमानी बेहुला

रामेछाप खबर संवाददाता


बलिउड टिभि सिरियलकी नागिन अर्थात अभिनेत्री मौनी रोय विवाह बन्धनमा बाँधिने भएकी छिन्। उनले अब आफू छिट्टै बिहे गर्ने तयारीमा रहेको जानकारी दिएकी छिन्।

नेपालमा समेत निक्कै रुचाइएको टिभी सिरियल ‘नागिन’की नागिन बेहुँली बनेर दुबई जाने तयारीमा छिन्। उनका प्रेमी सुरज नान्वियरको घर दुबई हो। केहि समयदेखि नागिनको प्रेममा रहेका सुरजले पनि नागिनलाई बेहुँली बनाउने तयारी थालेको जनाइएको छ।

अभिनेत्री रोयले सुरजसँग प्रेममा रहेको खुलासा गर्दै सुरजका परिवारसँगको फोटो समेत सार्वजनिक गरेकी छिन्। कोरोना महामारीसँगै भारतमा सुरु भएको लकडाउनपछि रोय दुबईमा बस्दै आएकी छिन्।

अक्षय कुमारले बताए ट्विंकललाई मन पराउनुको कारण

बलिउडमा सबैभन्दा मन पराइएका कपलमध्ये हुन्, अक्षय कुमार र ट्ंिवकल खन्ना । यी दुईले सन् २०२१ को जनवरीमा विवाह गरेका थिए । दुवैले अहिलेसम्म आफ्नो सम्बन्धबारे निकै राम्रो प्रचारप्रसार पनि गरिरहेका छन् ।

अनि यी दुईको लभ स्टोरी पनि फरक भएको बताइने गरिएको छ ।

पछिल्लो समय अक्षयले आफ्नो सम्बन्धबारे खुलेर कुरा गरिरहेका छन् । एउटा भारतीय मिडियामा अन्तर्वार्ता दिँदै अक्षयले आफूले ट्विंकललाई पहिलो नजरमा नै मन पराएको पनि बताएका छन् ।

एउटा म्यागजिनका लागि भएको फोटो सुटमा उनीहरुको भेट भएको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।