प्राधिकरणले सार्वजनिक गर्‍यो लोडसेडिङको तालिका, दैनिक ९ घन्टासम्म लोडसेडिङ हुने

रामेछाप खबर संवाददाता

जुम्ला, ६ माघ ।

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ ।

आइतवार प्राधिकरणको जुम्ला वितरण केन्द्रले सार्वजनिक गरेको तालिका अनुसार जुम्लाको टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ, हस्पिटल क्षेत्रमा रातिको १२ बजेबाट बिहान १२:३० बजेसम्म र राति साढे ९ बजेदेखि राति १२ बजेसम्म लोडसेडिङ हुनेछ ।

यस्तै विजयनगर ठूलो, विजयनगर सानो, बोहोरा गाउँ र बसपार्क क्षेत्रमा बिहान साँढे १२ बजेदेखि राति साँढे ९ बजेसम्म लोडसेडिङ हुनेछ ।

प्राधिकरणका अनुसार प्रत्येक हप्ता समूह तालिका परिवर्तन हुनेछ । त्यस्तै हरेक दिन विहान २ बजेदेखि ५ बजेसम्म र ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि र ६ बजेसम्म पावरहाउस बन्द हुनेछ ।

त्यस्तै पिक लोडको समयमा वितरण प्रणालीमा पावर इनर्जी कम भएका तालिकाबाहेकको समयमा पनि विद्युत कटौती हुने प्राधिकरणले
जानकारी दिएको छ ।

खाग तस्करीको नाइकेलाई सेनाको टोलीले समात्यो

चितवन : नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्‍जमा कार्यरत कर्मचारीको संयुक्त टोलीले गैंडाको खाग तस्करी गर्ने नाइके रहेको अभियोग लागेका व्यक्तिलाई पक्राउ गरेको छ।

निकुञ्‍जमा चलाइएको ‘अपरेशन महाहण्ट-७’ मा खटिएको टोलीले कालिका नगरपालिका वडा नम्बर ९, शक्तिखोर निवासी ३२ वर्षीय ‘तारा’ भनिने वीरमान सिंह प्रजालाई पक्राउ गरेको हो।

सेना र निकुञ्‍जको टोलीले वन्यजन्तुको चोरी सिकारमा संलग्नहरूलाई पक्राउ गर्न महाहण्ट अपरेशन चलाउने गरेको छ।